मुख्य समाचार
ट्रम्पले इरानको खार्ग टापुमा रहेका 'प्रत्येक सैन्य लक्ष्य'हरु अमेरिकाले ध्वस्त पारेको बताए
ट्रम्पले इरानको खार्ग टापुमा रहेका 'प्रत्येक सैन्य लक्ष्य'हरु अमेरिकाले ध्वस्त पारेको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा रहेका 'प्रत्येक सैन्य लक्ष्य'हरु अमेरिकाले ध्वस्त पारेको बताएका छन्। उनले यदि इरानले 'स्ट्रेट अफ हर्मुज' बाट हुने जहाज आवतजावतमा अवरोध जारी राखेमा उक्त टापुको तेल पूर्वाधारमा समेत आक्रमण गर्ने चेतावनी दिएका छन्।


ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन, 'केही समयअघि, मेरो निर्देशनमा अमेरिकी केन्द्रीय कमान्डले मध्यपूर्वको इतिहासमै सबैभन्दा शक्तिशाली बमबारी गरेको छ। हामीले इरानको 'क्राउन ज्वेल' (शिरको रत्न) मानिने खार्ग टापुका सबै सैन्य लक्ष्यहरूलाई पूर्ण रूपमा ध्वस्त पारेका छौँ। हाम्रा हतियारहरू संसारले अहिलेसम्म थाहा पाएका मध्ये सबैभन्दा शक्तिशाली र परिष्कृत छन्, तर नैतिकताका कारण मैले अहिले नै त्यहाँको तेल पूर्वाधारलाई नष्ट नगर्ने निर्णय गरेको छु।'


ट्रम्पले अगाडी थपेका छन्, यदि स्ट्रेट अफ हर्मुजबाट जहाजहरू सुरक्षित रूपमा जान पाएनन् भने इरानको तेल पूर्वाधारमा आक्रमण गर्ने निर्णयमा पुनर्विचार गर्नेछु ।'



इरानी तटबाट टाढा रहेको यो ५ माइल लामो टापु इरानको कच्चा तेल निर्यातको झण्डै ९० प्रतिशत हिस्सा ओगट्ने 'मुटु' मानिन्छ। इरानसँगको युद्ध सुरु भएको पहिलो दुई हप्तासम्म यो टापु सुरक्षित रहेको देखिएको थियो। एक अमेरिकी अधिकारीले अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनसँगको कुराकानीमा खार्ग टापुमा 'ठूलो स्तरको आक्रमण' भएको पुष्टि गरेका छन्। यद्यपि, ट्रम्पले दाबी गरे जस्तै सबै सैन्य लक्ष्यहरू नष्ट भए वा भएनन् भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन।

आजै बिहान फक्स न्युजसँग अन्तर्वार्तामा कार्यक्रम प्रस्तोता ब्रायन किलमेडले खार्ग टापुमा आक्रमण हुने सम्भावनाबारे सोध्दा ट्रम्प निकै रिसाएका थिए। उनले उक्त प्रश्नलाई 'मूर्खतापूर्ण' भनेका थिए । यद्यपि उनले अन्तर्वार्तामा अमेरिकाले अर्को हप्ता 'इरानमाथि धेरै शक्तिशाली आक्रमण गर्ने दाबी गरेका थिए ।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...