मुख्य समाचार
इरानको 'मुटु' मानिने खार्ग टापुमा आक्रमण गरेपछि इरानले अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी
इरानको 'मुटु' मानिने खार्ग टापुमा आक्रमण गरेपछि इरानले अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी

: अमेरिकाले इरानको 'मुटु' मानिने खार्ग टापुमा आक्रमण गरेपछि इरानले अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी दिएको छ।


इरानले आफ्नो तेल र ऊर्जा पूर्वाधारमा आक्रमण भएमा अमेरिकी सहयोगी तेल कम्पनीहरूलाई निशाना बनाउने चेतावनी दिएको हो। इरानी सञ्चारमाध्यमका अनुसार यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल निर्यातका लागि मेरुदण्ड मानिने 'खार्ग टापु' का सबै सैन्य अखडालाई पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेपछि आएको हो।


ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत भनेका थिए, 'केही समयअघि, मेरो निर्देशनमा अमेरिकी केन्द्रीय कमान्डले मध्यपूर्वको इतिहासमै सबैभन्दा शक्तिशाली बमबारी गरेको छ। हामीले इरानको 'क्राउन ज्वेल' (शिरको रत्न) मानिने खार्ग टापुका सबै सैन्य लक्ष्यहरूलाई पूर्ण रूपमा ध्वस्त पारेका छौँ। हाम्रा हतियारहरू संसारले अहिलेसम्म थाहा पाएका मध्ये सबैभन्दा शक्तिशाली र परिष्कृत छन्, तर नैतिकताका कारण मैले अहिले नै त्यहाँको तेल पूर्वाधारलाई नष्ट नगर्ने निर्णय गरेको छु।'



ट्रम्पको दाबी पछि इरान आक्रोशित बनेको छ। यो टापु इरानको कच्चा तेल निर्यातको सबैभन्दा ठूलो र प्रमुख केन्द्र हो।

इरानी सेनाले चेतावनी दिँदै भनेको छ- 'यदि हाम्रो तेल र ऊर्जा पूर्वाधारमा थप हमला गरियो भने, हामी यस क्षेत्रमा अमेरिकासँग सहयोग गर्ने सबै तेल कम्पनीहरूका पूर्वाधारलाई निशाना बनाउनेछौँ।' यदि इरानी ऊर्जा क्षेत्रमा क्षति पुर्‍याइयो भने अमेरिकासँग मिलेर काम गर्ने अन्य देशका तेल कम्पनीहरू पनि सुरक्षित नरहने इरानकाे भनाई छ ।

यसैबीच, सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले ओमानमा रहेका आफ्ना गैर-अत्यावश्यक कर्मचारी र उनीहरूका परिवारलाई 'तत्काल देश छोड्न' आदेश दिएको छ। यस सँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने र ऊर्जा संकट निम्तिने खतरा बढेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम