मुख्य समाचार
साउदीले खसाल्यो १० घण्टामा १७ ड्रोन
साउदीले खसाल्यो १० घण्टामा १७ ड्रोन

: गत फेब्रुअरी २८ मा सुरु भएको इरानी भू–भागमा अमेरिकी र इजरायली हवाई आक्रमणको बदला लिन इरानले खाडी क्षेत्रभरि सैन्य र नागरिक प्रतिष्ठानहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । जुन युद्धको असर अव खाडीमुलुक साउदी अरबमा पनि देखा परेको छ ।


इरानले अमेरिकाको संग्लनता भएको क्षेत्रमा केही दिनदेखि हवाई आक्रमण तीब्र पारेको छ । साउदीको रक्षा मन्त्रालयले हवाई प्रतिरक्षाले विगत १० घण्टामा राज्यभरि विभिन्न लक्ष्यहरूलाई लक्षित गरी प्रहार गरिएका १७ ड्रोन र एउटा ब्यालिस्टिक मिसाइललाई खसालेको जनाएको छ भने मन्त्रालयले आक्रमणको उत्पत्ति कहाँबाट भएको हो भनेर स्पष्ट पारेको छैन, तर ती आक्रमणहरू इरानी भएको व्यापक रूपमा अनुमान गरिएको छ ।


साउदी मन्त्रालय र साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार पछिल्लो समयमा राज्यमा अवरोध गरिएका र नष्ट गरिएका शत्रु ड्रोनहरूको कुल संख्या अनुमानित १५० पुगेको छ । वायु प्रतिरक्षाले लगभग २५ वटा क्षेप्यास्त्रहरू पनि खसालेको छ, जसमा धेरैजसो ब्यालिस्टिक र केही क्रुज क्षेप्यास्त्रहरू छन् ।



अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमणको गत मार्च १२ थियो, जहाँ हवाई प्रतिरक्षाले ३१ वटा ड्रोनहरू खसाल्नुका साथै साउदीको पूर्वी प्रान्त, इम्प्टी क्वार्टरको शायबाह तेल क्षेत्र नजिकै, रियाद क्षेत्र र राज्यका अन्य भागहरूसहित धेरै क्षेत्रहरूमा ड्रोनद्वारा आक्रमण हुँदै आएको छ भने साउदीको अवस्था अहिलेसम्म सामान्य रहनुको साथै साउदीमा कार्यरत नेपालीहरू सुरक्षित रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम