मुख्य समाचार
साउदीले खसाल्यो १० घण्टामा १७ ड्रोन
साउदीले खसाल्यो १० घण्टामा १७ ड्रोन

: गत फेब्रुअरी २८ मा सुरु भएको इरानी भू–भागमा अमेरिकी र इजरायली हवाई आक्रमणको बदला लिन इरानले खाडी क्षेत्रभरि सैन्य र नागरिक प्रतिष्ठानहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । जुन युद्धको असर अव खाडीमुलुक साउदी अरबमा पनि देखा परेको छ ।


इरानले अमेरिकाको संग्लनता भएको क्षेत्रमा केही दिनदेखि हवाई आक्रमण तीब्र पारेको छ । साउदीको रक्षा मन्त्रालयले हवाई प्रतिरक्षाले विगत १० घण्टामा राज्यभरि विभिन्न लक्ष्यहरूलाई लक्षित गरी प्रहार गरिएका १७ ड्रोन र एउटा ब्यालिस्टिक मिसाइललाई खसालेको जनाएको छ भने मन्त्रालयले आक्रमणको उत्पत्ति कहाँबाट भएको हो भनेर स्पष्ट पारेको छैन, तर ती आक्रमणहरू इरानी भएको व्यापक रूपमा अनुमान गरिएको छ ।


साउदी मन्त्रालय र साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार पछिल्लो समयमा राज्यमा अवरोध गरिएका र नष्ट गरिएका शत्रु ड्रोनहरूको कुल संख्या अनुमानित १५० पुगेको छ । वायु प्रतिरक्षाले लगभग २५ वटा क्षेप्यास्त्रहरू पनि खसालेको छ, जसमा धेरैजसो ब्यालिस्टिक र केही क्रुज क्षेप्यास्त्रहरू छन् ।



अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमणको गत मार्च १२ थियो, जहाँ हवाई प्रतिरक्षाले ३१ वटा ड्रोनहरू खसाल्नुका साथै साउदीको पूर्वी प्रान्त, इम्प्टी क्वार्टरको शायबाह तेल क्षेत्र नजिकै, रियाद क्षेत्र र राज्यका अन्य भागहरूसहित धेरै क्षेत्रहरूमा ड्रोनद्वारा आक्रमण हुँदै आएको छ भने साउदीको अवस्था अहिलेसम्म सामान्य रहनुको साथै साउदीमा कार्यरत नेपालीहरू सुरक्षित रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...