। इनिसा विक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् ।
त्यस्तै महिला तथा दलितमाथिको हिंसा अन्त्य गर, पिडितलाई न्याय दे लगाएतका नारावाजी गरेका थिए ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् ।
पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।