मुख्य समाचार
धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन
धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन

: धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन। भवन तयार भइसके पनि सेवा सुरु हुन नसक्दा स्थानीयस्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन् । जनप्रतिनिधिबीचको असमझदारी, कर्मचारीबीचको आन्तरिक विवाद तथा निर्माण प्रक्रियामा देखिएका केही ढिलाइका कारण सेवा सञ्चालनमा समय लागेको स्थानीयले बताएका छन् ।


२०७७ साल मंसिर १५ गते १८ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण हुने १० शैंयाको अस्पताल भवनको शिलान्यास गरिएको थियो । संघीय सरकारको पहल र गाउँपालिकाको लगानीमा निर्माण गरिएको उक्त भवन अहिले पूर्ण रूपमा तयार भइसकेको छ । आवश्यक भौतिक संरचना तयार रहेको र चिकित्सक समेत उपलब्ध रहेको बताइए पनि नयाँ भवनबाट उपचार सेवा भने अझै सुरु हुन सकेको छैन ।


अस्पताल सञ्चालनमा ढिलाइ हुँदा स्थानीय नागरिक भने अझै पनि नजिकैको पुरानो र साँघुरो हेल्थ पोस्ट भवनबाट सीमित स्वास्थ्य सेवा लिन बाध्य छन् । यो अस्पताल गल्छी गाउँपालिकाको मातहतमा रहने र सञ्चालनको जिम्मेवारी पनि गाउँपालिकाकै हुने बताइएको छ । स्थानीय तहले आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापन मिलाएर अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।



यस विषयमा अहिले स्थानीय तहमा जवाफदेहिताको प्रश्न समेत उठ्न थालेको छ । स्थानीय बासिन्दाले करोडौँ रुपैयाँ लागतमा बनेको अस्पताल भवन लामो समयसम्म सञ्चालनमा नआउनु दुःखद भएको भन्दै यथाशीघ्र सेवा सुरु गर्न माग गरेका छन् ।

गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपक कार्कीका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक केही प्राविधिक काम तथा व्यवस्थापनका तयारी पूरा गर्ने क्रममा समय लागेको हो । उनले अब छिट्टै सेवा सुरु गर्ने तयारी भइरहेको र आगामी चैत मसान्तभित्र नयाँ भवनबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...