मुख्य समाचार
धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन
धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन

: धादिङको गल्छी गाउँपालिकामा निर्माण सम्पन्न भइसकेको बैरेनी अस्पतालको नयाँ भवन अझै सञ्चालनमा आउन सकेको छैन। भवन तयार भइसके पनि सेवा सुरु हुन नसक्दा स्थानीयस्तरमा विभिन्न प्रश्न उठ्न थालेका छन् । जनप्रतिनिधिबीचको असमझदारी, कर्मचारीबीचको आन्तरिक विवाद तथा निर्माण प्रक्रियामा देखिएका केही ढिलाइका कारण सेवा सञ्चालनमा समय लागेको स्थानीयले बताएका छन् ।


२०७७ साल मंसिर १५ गते १८ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण हुने १० शैंयाको अस्पताल भवनको शिलान्यास गरिएको थियो । संघीय सरकारको पहल र गाउँपालिकाको लगानीमा निर्माण गरिएको उक्त भवन अहिले पूर्ण रूपमा तयार भइसकेको छ । आवश्यक भौतिक संरचना तयार रहेको र चिकित्सक समेत उपलब्ध रहेको बताइए पनि नयाँ भवनबाट उपचार सेवा भने अझै सुरु हुन सकेको छैन ।


अस्पताल सञ्चालनमा ढिलाइ हुँदा स्थानीय नागरिक भने अझै पनि नजिकैको पुरानो र साँघुरो हेल्थ पोस्ट भवनबाट सीमित स्वास्थ्य सेवा लिन बाध्य छन् । यो अस्पताल गल्छी गाउँपालिकाको मातहतमा रहने र सञ्चालनको जिम्मेवारी पनि गाउँपालिकाकै हुने बताइएको छ । स्थानीय तहले आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापन मिलाएर अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।



यस विषयमा अहिले स्थानीय तहमा जवाफदेहिताको प्रश्न समेत उठ्न थालेको छ । स्थानीय बासिन्दाले करोडौँ रुपैयाँ लागतमा बनेको अस्पताल भवन लामो समयसम्म सञ्चालनमा नआउनु दुःखद भएको भन्दै यथाशीघ्र सेवा सुरु गर्न माग गरेका छन् ।

गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दीपक कार्कीका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक केही प्राविधिक काम तथा व्यवस्थापनका तयारी पूरा गर्ने क्रममा समय लागेको हो । उनले अब छिट्टै सेवा सुरु गर्ने तयारी भइरहेको र आगामी चैत मसान्तभित्र नयाँ भवनबाट अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम