मुख्य समाचार
इजरायल सीमा नजिकको नेपाली शान्ति सेनाको बटालियन हेड क्वार्टरको भवन (घर) मा आक्रमण भए पनि कुनै मानवीय क्षति नभएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी
इजरायल सीमा नजिकको नेपाली शान्ति सेनाको बटालियन हेड क्वार्टरको भवन (घर) मा आक्रमण भए पनि कुनै मानवीय क्षति नभएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी

: साउथर्न लेबनानस्थित नेपाली शान्ति सेनाको हेड क्वार्टरमा आक्रमण भएको छ । शुक्रबार बेलुका इजरायल सीमा नजिकको नेपाली शान्ति सेनाको बटालियन हेड क्वार्टरको भवन (घर) मा आक्रमण भए पनि कुनै मानवीय क्षति नभएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।


इरान–इजरायल–अमेरिका युद्धको वर्तमान अवस्थामा नेपाली सेनाको टोली बंकरभित्र बसिरहेको समयमा आक्रमण भएका कारण सबै नेपाली शान्ति सेना सुरक्षित र सकुशल रहेको पनि प्रवक्ता बस्नेतले बताए । कताबाट के आएर भवनमा लाग्यो भन्ने यकिन भइनसकेको बताउँदै प्रवक्ता बस्नेतले घटनाका बारेमा संयुक्त राष्ट्र संघले छानविन गर्ने समेत बताए । उनले भवनमा भने क्षति पुगेको बताएका छन् ।


शान्ति सेनामा रहने टोली अदलबदल भइरहने भएका कारण यति नै संख्यामा नेपाली शान्ति सेना थिए भनेर भन्न नसकिने प्रवक्ता बस्नेतले बताए । उनले नेपाली शान्ति सेना सीमा क्षेत्रका विभिन्न पोष्टहरुमा खटिने गरेको समेत जानकारी दिएका छन् । दुई हप्ता बढी समयदेखि जारी इरान, इजरायल–अमेरिका युद्धका कारण मध्य पूर्वी देशहरुमा तनाव बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...