मुख्य समाचार
अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा
अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा

: अमेरिका र इरानबीचको तनाव चरम सीमामा पुगेका बेला अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा गरेको छ। अमेरिकाले इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'का मुख्य नेताहरूको बारेमा जानकारी दिने जो कोहीलाई १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड नेपाली रुपैयाँ) सम्मको पुरस्कार दिने घोषणा गरेको हो।


अमेरिकी विदेश मन्त्रालयद्वारा जारी गरिएको सूचनामा कुल १० जनाको नाम उल्लेख गरिएको छ। जसमध्ये ६ जनाको नाम र तस्बिर सार्वजनिक गरिएको छ। यस सूचीमा सबैभन्दा ठूलो नाम इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी को रहेको छ। सूचीमा रहेका अन्य प्रमुख व्यक्तिहरूमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानी पनि रहेका छन् । लारी केही दिनअघि इरानमा भएको अमेरिकाविरोधी प्रदर्शनमा देखिएका थिए । त्यस्तै, मेजर जनरल रहिम सफावी, अलि अस्गर हेजाजी र अन्य सैन्य कमाण्डरहरू सहित कुल १० जनालाई अमेरिकाले आफ्नो मुख्य निसानामा राखेको छ।


यसअघि अमेरिकाले इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी को हत्या गरेपछि दुई देशबीच युद्धको जारी छ। अमेरिकाले अहिले पनि बाँकी रहेका प्रमुख इरानी नेताहरूको खोजी र उनीहरूमाथि कारबाही गर्ने प्रयासलाई तीव्रता दिइरहेको छ।

अमेरिकाको दाबी अनुसार यी नेताहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स मार्फत विश्वभर आतंकवादी गतिविधि सञ्चालन गर्ने र अमेरिकी सैन्य आधार इलाकामा आक्रमण गर्ने योजना बुन्दै आएका छन्। इरानले भने अमेरिकी कदमलाई 'अन्तर्राष्ट्रिय अपराध' भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम