मुख्य समाचार
दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायलले गरेको आक्रमणमा १२ जना स्वास्थ्यकर्मी मारिए
दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायलले गरेको आक्रमणमा १२ जना स्वास्थ्यकर्मी मारिए

: दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायलले गरेको आक्रमणमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो आक्रमण त्यस समयमा भएको हो जब १५ दिनअघि अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको क्षेत्रीय युद्धको बीचमा इजरायलको विनाशकारी आक्रमण जारी छ ।


शुक्रबार राति भएको उक्त आक्रमण बिन्त ज्बेल जिल्लाको बुर्ज कलाउइयाह गाउँमा भएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ड्युटीमा रहेका डाक्टर, प्यारामेडिक र नर्सहरू मारिएका थिए । यो नरसंहारले गाजामा प्यालेस्टिनी क्षेत्रमाथि इजरायलले चलाएको युद्धका क्रममा बारम्बार स्वास्थ्यकर्मी र अस्पतालहरूलाई निशाना बनाएको घटनालाई सम्झाएको छ, जसले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त बनाएको थियो र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको बताइन्छ ।


इजरायली आक्रमणमा हालसम्म लेबनानमा ७७३ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ, जसमा १८ जना प्यारामेडिक पनि छन् । फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलले आक्रमण सुरु गरेपछि मार्च २ मा हिज्बुल्लाह र इजरायलबीचको लडाइँ पुनः सुरु भएको थियो र अहिले यो द्वन्द्वले धेरै क्षेत्रलाई समेटेको छ ।




बेरुतबाट रिपोर्ट गर्दै अल जजीराकी संवाददाता हाइडी पेटले भनिन् कि–स्वास्थ्यकर्मीहरूको मृत्यु संख्या प्रारम्भिक मात्र हो, किनकि उद्धार टोलीहरूले अझै हराइरहेका मानिसहरूको खोजी गरिरहेका छन् । उनले भनिन्, ‘यी हवाई आक्रमणहरू कति घातक छन् भन्ने देखिन्छ । दक्षिणी क्षेत्रमा मात्र होइन, राजधानी बेरुतमा पनि लगातार हवाई आक्रमण भइरहेको छ ।’

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार केही घण्टाभित्रै स्वास्थ्य क्षेत्रमा भएको यो दोस्रो आक्रमण थियो । दक्षिणी गाउँ सुआनेहमा रहेको प्यारामेडिक केन्द्रमा भएको अर्को इजरायली आक्रमणमा दुई जना प्यारामेडिक मारिए र पाँच जना घाइते भए । स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणको निन्दा गर्दै स्वास्थ्यकर्मीहरूविरुद्ध भइरहेको हिंसाको विरोध गरेको छ ।

त्यसैगरी देशको दक्षिणी क्षेत्र तामिर हारेत सैदामा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको लेबनानको समाचार एजेन्सीले जनाएको छ । यसैबीच, हिज्बुल्लाहले राति इजरायलभित्र पर्ने उत्तरी सहर याआरामा इजरायली सैनिकमाथि आत्मघाती ड्रोन प्रहार गरेको दाबी गरेको छ । शुक्रबार मात्र यो समूहले घोषणा गरेको यो २४औं सैन्य कारबाही थियो ।

लेबनानको सशस्त्र समूहले दक्षिणी लेबनानमा रहेका इजरायली सैनिकमाथि पनि रकेट आक्रमण गरेको बताएको छ, जसमा एउटा कफर किला सहरमा र अर्को खियाम सहरमा गरिएको थियो । शुक्रबार राति हिज्बुल्लाहका नेता नाइम कासिमले युद्ध जारी रहेकाले आफ्नो समूह इजरायलसँग ‘लामो संघर्ष’ का लागि तयार रहेको बताएका छन् । उनले भने, ‘यो अस्तित्वको लडाइँ हो, सामान्य वा सानो लडाइँ होइन ।’

इरानका ‘क्लस्टर मिसाइल ’बाट इजरायलमा क्षति

यसैबीच, इरानले इजरायलविरुद्ध गरेको प्रत्याक्रमण पनि जारी रहेको छ । शनिबार बिहान इजरायलको उत्तरी क्षेत्र अपर ग्यालिलीमा रकेट र मिसाइल आक्रमण भएको च्यानल १२ ले जनाएको छ । समाचार माध्यमका अनुसार ‘सीमित संख्यामा प्रहारहरू’ या त इजरायली हवाई प्रतिरक्षा प्रणालीले अवरोध गर्‍यो वा खुला क्षेत्रमा विस्फोट भए ।

इजरायलको सार्वजनिक प्रसारक कानले सामाजिक सञ्जाल एक्समा आक्रमणबाट क्षति पुगेका केही सवारीसाधनहरूको तस्वीर पनि सार्वजनिक गरेको छ । शनिबार बिहानभरि मनारा, मार्गालियोत, कफर गिलादी, मिसगाभ आम, तेल हाइ, मेटुला र कफर युवाल क्षेत्रमा रकेट र मिसाइल आक्रमणको आशंकामा सायरन बजाइएको थियो ।

जोर्डनको अम्मानबाट रिपोर्ट गर्दै अल जजीराका रोरी च्यालेन्ड्सले भने, ‘अहिले देखिएको धेरै क्षति इरानले प्रहार गरिरहेका क्लस्टर मिसाइलका कारण भएको देखिन्छ, जुन कम्तीमा एक हप्तादेखि लगातार प्रयोग भइरहेका छन् ।’ उनले थपे, ‘यी मिसाइलले धेरै साना बमहरू फैलाउँछन् । प्रत्येकमा करिब २.५ किलोग्राम विस्फोटक हुन्छ । त्यसैले जब ती ठूलो क्षेत्रमा फैलिन्छन् र इजरायली हवाई प्रतिरक्षाले रोक्न सक्दैन, तब ठूलो क्षति हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...