मुख्य समाचार
राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत
राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत

। भर्खरै जेलबाट छुटेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को ठमेलमा भव्य स्वागत भएको छ । ज्यान मार्ने उद्योगको कसुरमा डिल्लीबजार कारागारबाट कैद काटेर बुधवार छुटेका मनाङे शनिबार ठमेल पुगेका थिए । जेलबाट छुटेका मनाङे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा भव्य स्वागत गरेका हुन् ।

एक समय मनाङे काठमाडौंमा ‘गुन्डा नाइके’का रूपमा परिचित थिए । त्यो बेला ‘चक्रे मिलन’ भनिने मिलन गुरुङको अर्को समूह थियो । चक्रे मिलन यस पटकको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ मा एमालेबाट उम्मेदवार थिए ।

२०६१ वैशाख ३१ गते महाराजगन्जमा खुकुरी प्रहारबाट चक्रे मिलनको हात काटिएको थियो । सोही घटनामा अभियुक्त ठहर गर्दै मनाङेले जेल परेका थिए । सोही मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङे यस पटक एक वर्ष ४ महिना कैद भुक्तानी गरेर छुटेका हुन् ।

जेनजी आन्दोलनका बेला भदौ २४ गते देशभरका जेलबाट कैदीबन्दीहरू भाग्दा मनाङे ‘फेरि आउनुपर्छ, किन भाग्ने ?’ भन्दै जेलमै बसेका थिए । उनी आफू मात्रै बसेनन्, आफूसँगै रहेका अन्य कैदीबन्दीलाई पनि रोकेका थिए । सो राम्रो चालचलन बापत उनले केही कैद सजाय कटौती पनि पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र डिजेल–पेट्रोलको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने बताएको छ । महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेले कालोबजारी गर्ने कसैलाई पनि उन्मुक्ति नहुने बताएका हुन् । ‘ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरूमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई ...
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिनिधिसभा निर्वाचनको गम्भीर समीक्षा गरेर दृढतापूर्वक जनताको पक्षमा उभिनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार नेकपा एमाले अर्घाखाँची–रूपन्देही सम्पर्क मञ्चको बुटवलमा आयोजना गरेको बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले यस्तो बतएका हुन् । उनले संगठन परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुको विकल्प नभएको ...
: पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । २०४८ सालयताको हरेक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बन्दै ...
। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका छन् । निर्वाचन परिणामपछि इतर समूहले सभापति गगन थापाको राजीनामा मागिरहेका बेला उनले पार्टी पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् । ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं,’ प्रवक्ता चालिसेले फेसबुक मार्फत भनेका छन्, ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो ।’ फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा ...
: रोल्पामा अफिम खेती नष्ट गरिएको छ। खेती गरेको आरोपमा एकजना पक्राउ परेका छन्। परिवर्तन गाउँपलिका-४ तातापानीका ६० वर्षीय धनसिंह वलीलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो। उनले खेतमा लगाएको लागुऔषध अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ। १० मिटर लम्बाइ १५ मिटर चौडाइ रहेको खेतमा फुल्दै गरेको करिब ७ सय अफिमका बोट नष्ट गरिएको हो। जिल्ला प्रहरी ...