मुख्य समाचार
जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा नेपालीसहित १० जना पक्राउ
जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा नेपालीसहित १० जना पक्राउ

। मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ ।

गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन ।

युएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले सामाजिक सञ्जालमा झुटा र भ्रामक भिडिओ क्लिप सार्वजनिक गरेको आरोपमा ती १० जनालाई पक्राउ गर्न आदेश दिएका हुन् । अनुसन्धानपछि पक्राउ परेका अभियुक्तलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको त्यहाँको प्रहरीलाई उधृत गर्दै गल्फन्युजले जनाएको छ ।

डिजिटल प्लेटफर्ममा निरन्तर निगरानीका क्रममा ती व्यक्तिहरूले मध्यपूर्वको क्षेत्रीय घटनाक्रमको फाइदा उठाउँदै जनतालाई भ्रमित पार्ने र राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था तथा स्थिरता कमजोर बनाउने उद्देश्यले भ्रामक सामग्री प्रसार गरेको पाइएको अधिकारीहरूले बताएका छन् ।


ती व्यक्ति प्रसार गरेका सामग्रीमा एयर डिफेन्स सिस्टमले गरेको प्रतिरक्षाका वास्तविक दृश्य, मानिसका भीडजस्ता दृश्य पनि भेटिएको अधिकारीहरूले जनाएका छन् । यस्तै कतिपय एआईको दुरुपयोग गरेर बनाएका नक्कली भिडिओसमेत सामेल भएको भनिएको छ ।

जसमा युएईका विभिन्न स्थानमा ठुला विस्फोट, प्रमुख स्थलहरूमा आक्रमण र भीषण आगलागी जस्ता भ्रामक दृश्य देखाइएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्स (एनजेडएनसीसी) ले अकल्यान्डमा आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ। ‘क्लाइम्बिङ न्यु हाइट्स’ अर्थात् ‘नयाँ उचाइतर्फको यात्रा’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाल र न्युजिल्यान्डबीच सरकारी तह (जीटुजी) तथा निजी क्षेत्र (बीटुबी) मार्फत सहकार्यका सम्भावना अघि बढाउने विषयमा छलफल गरिएको छ। अकल्यान्ड सिटीस्थित अकल्यान्ड बिजनेस चेम्बरमा आयोजित कार्यक्रममा दुई देशबीच आर्थिक ...
। बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लोकप्रिय गन्तव्यहरूमध्ये एक मानिन्छ । तर, सरकारको कठोर अध्यागमन नीतिका कारण अहिले यहाँ आउने विदेशी विद्यार्थी क्रमशः घट्न थालेको तथ्यांकले देखाएका छन् । बेलायत पढ्न आउने नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा ठूलो गिरावट आएको छ । बेलायती गृह मन्त्रालय (होम अफिस) का अनुसार, यस वर्ष अक्टोबर २०२६ अन्त्यसम्म अध्ययन भिजा मुख्य आवेदक संख्या ...
। लन्डनमा शनिबार सम्पन्न प्रतिष्ठित ‘लर्ड मेयर शो’ परेडमा गोर्खाली विरासत र नेपाली कला, संस्कृति तथा परम्पराको विशेष प्रदर्शनी गरिएको छ। लन्डन सिटीका नयाँ लर्ड मेयरको नियुक्तिको अवसरमा आयोजित ऐतिहासिक परेडमा प्रतिभा नक्षत्रको संयोजनमा नेपाली समुदायले गोर्खाली इतिहास, वीरता र नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुति गरेको हो। करिब सात हजार जना सहभागी उक्त परेडको करिब तीन माइल ...
— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, ...
। अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार ...