मुख्य समाचार
मानव अधिकार आयोगले ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
मानव अधिकार आयोगले ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

— मानव अधिकार आयोगले ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । पश्चिम एसियामा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावको कारण केही समयदेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव भई उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भन्दै आयोगको ध्यानाकर्षण भएको छ ।

पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न, कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेडलगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरेको छ ।

'अनुगमन तथा अवलोकनबाट नेपाल पेट्रोलियम पदार्थको आपूर्तिका लागि मुख्यतः आयातमा निर्भर, आवश्यक कच्चा पदार्थहरु साविकबमोजिम नियमित रुपमा नै आपूर्ति भइरहेको, केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापनका कारण आपूर्तिमा केही कमी भए पनि विभिन्न सञ्चार माध्यमहरूमा ग्यासको समग्र आपूर्ति व्यवस्थापनमा नै समस्या भएको भन्ने सन्देश प्रवाह हुँदा उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यवसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने गरेको लगायतका तथ्यहरु प्राप्त भएको छ,' आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ४४, उपभोक्ता संरक्षण ऐन, २०७५, नेपाल पक्ष भएको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार विषयक अनुबन्ध १९६६ ले उपभोक्तालाई प्रदान गरेका अधिकारको प्रचलनमा असहजता सिर्जना गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा कैफियत भेटिएपछि शनिबार उक्त कारबाही गरेको हो । पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको ...
— रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण थालिएको छ। शुक्रबरसम्म पूरा सिलिन्डर ग्यास खरिद गरिरहेका उपभोक्ताहरू शनिबारदेखि भने आधा सिलिन्डरमै सीमित हुन् बाध्य भएका छन्, त्यो पनि महँगो मूल्य तिरेर। नेपाल आयल निगमले भने अहिलेसम्म आयातमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ। ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको ...
— प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ चार सिट प्राप्त गरेको श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने आकांक्षीको संख्या बढेपछि आन्तरिक बहस र विवाद चर्किएको छ। सीमित सिट र बढ्दो दाबीका बीच पार्टीका दुई उम्मेदवारले भने स्वैच्छिक रूपमा आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार जीवन विष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम ...
— देशैभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला विराटनगर भन्सार कार्यालयबाट दुई दिनमा ३ लाख ४५ हजार ७ सय ८३ किलो ग्यास नेपाल भित्रिएको छ । भन्सार कार्यालयका अनुसार पछिल्ला दुई दिनमा उक्त परिमाणको एलपी ग्यास आयात भएको हो । बजारमा ग्यासको आपूर्ति घट्दै जाँदा उपभोक्ताले समस्या भोगिरहेका बेला ठूलो परिमाणमा ग्यास भित्रिएको हो ...
— प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले ५६ उम्मेदवारमध्ये तीन जना विजयी भएको र अन्य ६ जनाले मात्र जमानत जोगाउन सफल भएको जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदरको कम्तीमा ...