मुख्य समाचार
नेपालले इरानी नागरिकलाई 'अन अराइभल' भिसा दिन रोक
नेपालले इरानी नागरिकलाई 'अन अराइभल' भिसा दिन रोक

— नेपालले इरानी नागरिकलाई 'अन अराइभल' भिसा दिन रोक लगाएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार इरानी नागरिकलाई 'अन अराइभल' भिसा दिन रोक लगाउने निर्णय गरेका हुन् ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार, यो निर्णयसँगै सरकारी र कुटनीतिक राहदानीवाहक बाहेकका इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिनुपर्छ । योसँगै नेपालमा 'अन अराइभल' भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुगेको छ ।

अनअराइभल भिसा नपाउने देशहरुमा नाइजेरिया, घाना, जिम्बाबे, स्विजरल्याण्ड, क्याम्रुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरिया छन् ।

शरणार्थी स्ट्याटसका यात्रा अनुमति प्राप्त कागजात भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा कैफियत भेटिएपछि शनिबार उक्त कारबाही गरेको हो । पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको ...
— रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण थालिएको छ। शुक्रबरसम्म पूरा सिलिन्डर ग्यास खरिद गरिरहेका उपभोक्ताहरू शनिबारदेखि भने आधा सिलिन्डरमै सीमित हुन् बाध्य भएका छन्, त्यो पनि महँगो मूल्य तिरेर। नेपाल आयल निगमले भने अहिलेसम्म आयातमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ। ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको ...
— प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ चार सिट प्राप्त गरेको श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने आकांक्षीको संख्या बढेपछि आन्तरिक बहस र विवाद चर्किएको छ। सीमित सिट र बढ्दो दाबीका बीच पार्टीका दुई उम्मेदवारले भने स्वैच्छिक रूपमा आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार जीवन विष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम ...
— देशैभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला विराटनगर भन्सार कार्यालयबाट दुई दिनमा ३ लाख ४५ हजार ७ सय ८३ किलो ग्यास नेपाल भित्रिएको छ । भन्सार कार्यालयका अनुसार पछिल्ला दुई दिनमा उक्त परिमाणको एलपी ग्यास आयात भएको हो । बजारमा ग्यासको आपूर्ति घट्दै जाँदा उपभोक्ताले समस्या भोगिरहेका बेला ठूलो परिमाणमा ग्यास भित्रिएको हो ...
— प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले ५६ उम्मेदवारमध्ये तीन जना विजयी भएको र अन्य ६ जनाले मात्र जमानत जोगाउन सफल भएको जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदरको कम्तीमा ...