मुख्य समाचार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक

— बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक गरेको छ। यससँगै अस्पतालको अनलाइन ओपीडी दर्ता सेवा आईओएस प्रयोगकर्ताले पनि लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध रहेको एपलाई विस्तार गर्दै आईफोनमा पनि उपलब्ध गराएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ ले बताए ।

अब सेवाग्राहीहरूले एप स्टोर बाट बीपीकेआईएचएस एप डाउनलोड गरेर घरमै बसेर जनरल ओपीडीका लागि नयाा दर्ता तथा फलोअपका लागि नाम दर्ता गर्न सक्ने उनले जानकारी दिए। एपमार्फत अनलाइन दर्ता गर्ने बिरामीलाई अस्पतालको ओपीडी टोकन प्रणालीमा अग्रता दिइने उनले बताए । साथै बिलिङ सेवामा पनि प्राथमिकता दिइने व्यवस्था गरिएको जनाईएको छ ।

हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन दर्ता कोटा निर्धारण गरिएको प्रतिष्ठानले जनाएको छ। सेवाग्राहीको माग तथा प्रणालीको कार्यक्षमताका आधारमा आगामी दिनमा यो संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रतिष्ठानका अनुसार आगामी दिनमा एपलाई थप परिष्कृत गर्दै प्रयोगशाला तथा रेडियोलोजी सेवाका रिपोर्टहरू पनि एपबाटै हेर्न र प्रिन्ट गर्न सकिने सुविधा थपिने तयारी भइरहेको छ ।

यसैगरी पेइङ्ग ओपीडी दर्ता तथा स्वास्थ्य बिमा बोर्डबाट अनुमति प्राप्त भएपछि बिमामार्फत हुने ओपीडी दर्ता सेवा पनि एपमै समेट्ने योजना रहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालमा हुने भीड व्यवस्थापन, बिरामीको समय बचत तथा सेवा प्रवाहलाई थप सहज बनाउन यो प्रविधि उपयोगी हुने विश्वास प्रतिष्ठानले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...