मुख्य समाचार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक

— बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब आईफोन प्रयोगकर्ताका लागि एप पनि सार्वजनिक गरेको छ। यससँगै अस्पतालको अनलाइन ओपीडी दर्ता सेवा आईओएस प्रयोगकर्ताले पनि लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध रहेको एपलाई विस्तार गर्दै आईफोनमा पनि उपलब्ध गराएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ ले बताए ।

अब सेवाग्राहीहरूले एप स्टोर बाट बीपीकेआईएचएस एप डाउनलोड गरेर घरमै बसेर जनरल ओपीडीका लागि नयाा दर्ता तथा फलोअपका लागि नाम दर्ता गर्न सक्ने उनले जानकारी दिए। एपमार्फत अनलाइन दर्ता गर्ने बिरामीलाई अस्पतालको ओपीडी टोकन प्रणालीमा अग्रता दिइने उनले बताए । साथै बिलिङ सेवामा पनि प्राथमिकता दिइने व्यवस्था गरिएको जनाईएको छ ।

हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन दर्ता कोटा निर्धारण गरिएको प्रतिष्ठानले जनाएको छ। सेवाग्राहीको माग तथा प्रणालीको कार्यक्षमताका आधारमा आगामी दिनमा यो संख्या बढाउँदै लैजाने योजना रहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रतिष्ठानका अनुसार आगामी दिनमा एपलाई थप परिष्कृत गर्दै प्रयोगशाला तथा रेडियोलोजी सेवाका रिपोर्टहरू पनि एपबाटै हेर्न र प्रिन्ट गर्न सकिने सुविधा थपिने तयारी भइरहेको छ ।

यसैगरी पेइङ्ग ओपीडी दर्ता तथा स्वास्थ्य बिमा बोर्डबाट अनुमति प्राप्त भएपछि बिमामार्फत हुने ओपीडी दर्ता सेवा पनि एपमै समेट्ने योजना रहेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालमा हुने भीड व्यवस्थापन, बिरामीको समय बचत तथा सेवा प्रवाहलाई थप सहज बनाउन यो प्रविधि उपयोगी हुने विश्वास प्रतिष्ठानले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सका स्वास्थ्य अधिकारीहरूले बिहीबार पहिलो पटक एक बिरामीमा शामोन्डा भाइरस भेटिएको पुष्टि गरेका छन्। उनीहरूले यो चरणमा सर्वसाधारणका लागि कुनै जोखिम नदेखिएको बताएका छन्। यो कीराबाट सर्ने भाइरस मुख्य रूपमा चौपाया र विशेष गरी गाईवस्तुमा लाग्छ। यो भाइरस साना कीराको टोकाइबाट सर्छ। फ्रान्स सरकारले अहिलेसम्म यसलाई मानिसमा नसर्ने भाइरस मान्दै आएको थियो। सुरुमा सङ्क्रमित भएपछि पछि ...
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम