— मनकामनाबाट फर्कंदै गरेको ईभी माइक्रो दुर्घटनामा घाइते भएका ९ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
तनहुँको आँबुखैरेनी अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि उनीहरूलाई चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । उनीहरू सबै भारतीय नागरिक हुन् ।
दुर्घटनामा गम्भीर घाइते ९ जनाको उद्धार गरेर आँबुखैरेनी अस्पताल लगिएको थियो । थप उपचारका लागि उनीहरूलाई पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको हो । घाइतेमध्ये ३ पुरुष र ६ महिला छन् । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका यात्रु सवार बाग्मती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी माइक्रो सहिद लखन–३ कान्टारमा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।