मुख्य समाचार
अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइयो
अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइयो

— संयुक्त राज्य अमेरिकाले रुसी तेल कारोबारमाथिको अमेरिकी प्रतिबन्ध तत्कालका लागि हटाइएको शुक्रबार जनाएको छ।

अमेरिकाले इरानविरुद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अन्य देशलाई रुसी इन्धन किन्ने अनुमति दिने निर्णय गरेको हो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार युद्धका बेला ‘विश्वको ऊर्जा बजारमा स्थिरता’ कायम राख्न अस्थायी उपायस्वरूप उक्त निर्णय लिइएको हो।

अमेरिकाले समुद्रमा रहेका रूसी पानीजहाजमा भरिएको तेल मात्र किन्न पाउने गरी रुसी तेल किन्न नपाउने प्रतिबन्ध एप्रिल ११ सम्मका लागि फुकुवा गरेको हो ।

'यो तत्कालीन उपाय ’ट्रान्जिट’मा भएको तेलका लागि मात्र हो र यसबाट रुस सरकारलाई खासै आर्थिक लाभ पुग्दैन', बेसन्टले भने।

रुसले अहिले झन्डै १० करोड ब्यारल तेल ट्रान्जिटमा भएको बताएको छ।

खाडीमा कम्तीमा थप तीनवटा तेलवाहक पानीजहाज आक्रमणमा परेपछि बिहीवार विश्व बजारमा तेलको मूल्य फेरि प्रतिब्यारल १०० डलर नाघेको थियो।

तेल ढुवानी गर्न प्रयोग हुने जलमार्गमा इरानले अवरोध सिर्जना गर्दै र मालवाहक पानीजहाजहरूमा आक्रमण गर्दै आएको छ। खाडीमा तेल उत्पादन गर्ने स्थलहरू पनि आक्रमणको निसानामा परेका छन्।

इरानका नवनियुक्त सर्वोच्च नेता मुज्तबा खामेनीले तेल ढुवानी गर्न प्रयोग गरिने एउटा मुख्य मार्ग ‘स्ट्रेट अप हर्मुज’मा अवरोध गरिराख्ने उद्घघोष गरेको एक दिनपछि अमेरिकाले रूसी इन्धनमा लगाएको प्रतिबनध अस्थायीरूपमा फुकुवा गरेको हो।

उक्त साँघुरो जलमार्ग हुँदै विश्वभरि प्रयोग गरिने झन्डै २० प्रतिशत तेल निर्यात हुन्छ ।

युद्धका कारण तेलवाहक पानीजहाजहरू खाडीमा अलपत्र परेका छन्। तिनले इरान र ओमानका बीच रहेको साँघुरो जलमार्ग छिचोल्न नसकेपछि तेल आपूर्ति प्रभावित भएको छ।

बेसन्टले हाल तेलको मूल्यवृद्धि भए पनि त्यसबाट अमेरिका र अमेरिकी अर्थतन्त्रलाई दीर्घकालीन लाभ हुने तर्क गरेका थिए।

बुधबार अमेरिकाले १७.२ करोड लिटर तेल आफ्नो रणनीतिक भण्डारबाट प्रयोग गर्ने घोषणा गरेको थियो।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आर्थिक दूत किरिल दिमित्रिएभले रुसी तेलबिना ‘विश्वको ऊर्जाबजार स्थिर हुन नसक्ने’ बताएका छन्।

'अमेरिका वास्तविक कुरा बुझ्दै छ । रुसी तेलबिना विश्वको ऊर्जाबजार स्थिर हुन सक्दैन,' उनले टेलिग्राममा लेखेका छन्।

यद्यपि भ्रष्टाचारको आरोप लागेका वरिष्ठ रुसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा अभियान चलाएका लगानीकर्ता बिल ब्राउडरले रुसी तेल किन्ने अनुमति दिने निर्णयलाई ‘भयानक’ गलत निर्णयको संज्ञा दिएकेा बीबीसीले जनाएको छ ।

युक्रेनले अमेरिकाको निर्णयबारे कुनै प्रतिक्रिया व्यक्त गरिसकेको छैन। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध खुकुलो बनाइए त्यो युक्रेनका लागि ‘गम्भीर प्रहार’ र रुसका लागि थप हतियार किन्न पाउने गरी दिइने ‘सुविधा’ हुने बताएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘स्ट्रेट अफ हर्मुज’ बन्द हुँदैमा रुसी प्रतिबन्ध हटाउनु कुनै तरिकाले पनि न्यायोचित नभएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य मुना राईलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। एमालेले मुना राईमाथि गरेको उक्त कारबाहीपछि सामाजिक सञ्जालमा एमाले साँगुरीगढी गाउँपालिका कमिटीका नाममा गत निर्वाचनमा काटिएको नगदी रसिद चर्चाको विषय बनेको ...
— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । परिवारको जाहेरीपछि बाँकेको ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन् । चालु आर्थिक वर्षको माघसम्म काार्यलयमा ९ सय ७६ थान उजुरी परेका छन् । तीमध्ये ६ सय ३३ थान स्थानीय तहसँग सम्बन्धित उजुरी छन् । १२ जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा कार्यालयमा चालु आर्थिक वर्षको माघसम्म दर्ता भएका ९७६ उजुरी ...
— बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा कैफियत भेटिएपछि शनिबार उक्त कारबाही गरेको हो । पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको ...
— रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण थालिएको छ। शुक्रबरसम्म पूरा सिलिन्डर ग्यास खरिद गरिरहेका उपभोक्ताहरू शनिबारदेखि भने आधा सिलिन्डरमै सीमित हुन् बाध्य भएका छन्, त्यो पनि महँगो मूल्य तिरेर। नेपाल आयल निगमले भने अहिलेसम्म आयातमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ। ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको ...