मुख्य समाचार
कैलाश गाउँपालिकाको केन्द्रलाई राजमार्गसँग जोड्ने सडकमा चार दशकपछि कालोपत्र गर्ने कार्य सुरु
कैलाश गाउँपालिकाको केन्द्रलाई राजमार्गसँग जोड्ने सडकमा चार दशकपछि कालोपत्र गर्ने कार्य सुरु

— कैलाश गाउँपालिकाको केन्द्रलाई राजमार्गसँग जोड्ने सडकमा चार दशकपछि कालोपत्र गर्ने कार्य सुरु भएको छ ।

मकवानपुरको दुर्गम कैलाश गाउँपालिका जोड्ने सडक पहिलोपटक कालोपत्र गर्ने काम सुरु गरिएको हो । चेपाङ समुदायको बाहुल्य रहेको यो गाउँपालिकाको सडक ट्रयाक खुलेको ४३ वर्षपछि कालोपत्र हुन लागेको हो ।

संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा अहिले कैलाशमा सडक विस्तार र स्तरोन्नतिको कार्य अघि बढेको हो । त्रिभुवन राजपथको चुनियादेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटारसम्म २१ किलोमिटर दूरीमा पर्छ ।

२०३९ सालमा ट्रयाक खन्ने कार्य सुरु भएको यो सडक पहिलोपटक स्तरीकरण र कालोपत्र गर्न लागिएको हो । संघीय सरकारको ५ करोडको लगानीमा चुनियादेखि नामटार बजारसम्म ५ किलोमिटर कालोपत्र गर्ने भइरहेको पालिकाका प्राविधिक सुशान्त नेपालीले बताए ।

नामटार बजारबाट पालिकाको केन्द्र रहेको कालिकाटारसम्मको सडकको स्तरोन्नति गर्ने कार्य भइरहेको छ । प्रदेश सरकारको १८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको ७ किलोमिटर लामो भाल्टार–वनझाँक्री सडकखण्डको स्तरीकरण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए।

विगतमा तत्कालीन जिल्ला विकास समितिमार्फत संचालित कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत उक्त सडक निर्माण गरिएको थियो । सुरुको सर्भे नै गलत स्थानबाट भएकाले सडक निर्माण सम्पन्न गर्न प्राविधिक ढंगले नै समस्या आएको प्राविधिकहरुको भनाई छ ।

भैंसे र नामटार गाविसको वर्सेनि पहिरो जाने डाँडाको काखमा निर्माण गरिएको उक्त सडकको निर्माण कार्यमा हजारौं स्थानीयले श्रमदान पनि गरेका थिए । केही वर्षयता स्थानीय, प्रदेश र संघीय सरकारले यो सडकको निम्ति बजेट विनियोजन गरेको र प्राविधिक त्रुटि पनि सच्याएर सडक कालोपत्र भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य मुना राईलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। एमालेले मुना राईमाथि गरेको उक्त कारबाहीपछि सामाजिक सञ्जालमा एमाले साँगुरीगढी गाउँपालिका कमिटीका नाममा गत निर्वाचनमा काटिएको नगदी रसिद चर्चाको विषय बनेको ...
— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । परिवारको जाहेरीपछि बाँकेको ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन् । चालु आर्थिक वर्षको माघसम्म काार्यलयमा ९ सय ७६ थान उजुरी परेका छन् । तीमध्ये ६ सय ३३ थान स्थानीय तहसँग सम्बन्धित उजुरी छन् । १२ जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा कार्यालयमा चालु आर्थिक वर्षको माघसम्म दर्ता भएका ९७६ उजुरी ...
— बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा कैफियत भेटिएपछि शनिबार उक्त कारबाही गरेको हो । पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको ...
— रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण थालिएको छ। शुक्रबरसम्म पूरा सिलिन्डर ग्यास खरिद गरिरहेका उपभोक्ताहरू शनिबारदेखि भने आधा सिलिन्डरमै सीमित हुन् बाध्य भएका छन्, त्यो पनि महँगो मूल्य तिरेर। नेपाल आयल निगमले भने अहिलेसम्म आयातमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ। ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको ...