— स्विट्जरल्यान्डले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अमेरिकी सेनालाई अनुमति दिन अस्वीकार गरेको छ।
स्विट्जरल्यान्डले अमेरिकी सेनाका यस्ता दुई आग्रहलाई खारेज गरिदिएको हो। इरान युद्धसँग सम्बन्धित विषयलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको स्वीस सरकारले जनाएको छ।
कानुनले त्यस्तो अनुमति दिन रोक्ने स्वीस सरकारको भनाइ छ।
सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कानुनले सैन्य उद्देश्य पूरा गर्ने संघर्षमा सहभागी पक्षलाई हवाई क्षेत्र प्रयोगको अनुमति दिन रोक्छ।’
यद्यपि, अन्य तीन उडानलाई भने अनुमति दिएको बताइएको छ, जसमा दुई वस्तु र एक पहिचानसँग सम्बन्धित थिए।