मुख्य समाचार
नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध
नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध

— नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

निगमले आज विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको भए पनि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्रीवितरणको व्यवस्था मिलाइरहेको जनाएको छ ।

निगमले भनेको छ, 'निगमले मुलुकभरिका ग्यास उद्योगीलाई आ-आफ्नो उद्योगबाट बिक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १०ः०० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पुनःअनुरोध गर्दछ । साथै सम्बन्धित उद्योगका बिक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नं र परिमाणसहितको विवरण राखी सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन हुन अनुरोध छ ।'

निगमले हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने अवस्थाको सहजीकरणका लागि शुक्रबारदेखि लागू हुनेगरी अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा सात दशमलव एक किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बजारीकरण गर्ने/गराउने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य मुना राईलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। एमालेले मुना राईमाथि गरेको उक्त कारबाहीपछि सामाजिक सञ्जालमा एमाले साँगुरीगढी गाउँपालिका कमिटीका नाममा गत निर्वाचनमा काटिएको नगदी रसिद चर्चाको विषय बनेको ...
— वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिसा विकको शव एक सातादेखि कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले छोरीमाथि बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । परिवारले बलात्कारको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । परिवारको जाहेरीपछि बाँकेको ...
— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन् । चालु आर्थिक वर्षको माघसम्म काार्यलयमा ९ सय ७६ थान उजुरी परेका छन् । तीमध्ये ६ सय ३३ थान स्थानीय तहसँग सम्बन्धित उजुरी छन् । १२ जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा कार्यालयमा चालु आर्थिक वर्षको माघसम्म दर्ता भएका ९७६ उजुरी ...
— बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा कैफियत भेटिएपछि शनिबार उक्त कारबाही गरेको हो । पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको ...
— रामेछापका बजारमा पनि आधा सिलिन्डर ग्यास वितरण थालिएको छ। शुक्रबरसम्म पूरा सिलिन्डर ग्यास खरिद गरिरहेका उपभोक्ताहरू शनिबारदेखि भने आधा सिलिन्डरमै सीमित हुन् बाध्य भएका छन्, त्यो पनि महँगो मूल्य तिरेर। नेपाल आयल निगमले भने अहिलेसम्म आयातमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ। ग्यासको बिक्री वितरण सहज बनाउन भन्दै निगमले शुक्रबारदेखि आधा सिलिन्डर बिक्री वितरणको ...