मुख्य समाचार
फ्रान्सेली राष्ट्रपतिले गरे इजरायल र लेबनानबीच युद्धविरामको प्रस्ताव
फ्रान्सेली राष्ट्रपतिले गरे इजरायल र लेबनानबीच युद्धविरामको प्रस्ताव

: फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायललाई लेबनानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गर्दै पेरिसमा युद्धविरामको छलफल आयोजना गर्ने प्रस्ताव राखेका छन् ।


राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जाल एक्समार्फत आफूले लेबनानका राष्ट्रपति जोसेफ औन, प्रधानमन्त्री नवाफ सलाम र संसदका सभामुख नबिह बेरीसँग कुराकानी गरेको जानकारी दिएका हुन् ।


उनले लेबनानलाई अराजकतामा जानबाट रोक्न हरसम्भव कदम चाल्नुपर्नेमा जोड दिए । म्याक्रोँले इरान समर्थित संगठन हिजबुल्लाहलाई स्थिति थप नबिगार्न आग्रह गरेका छन् । साथै, उनले इजरायललाई 'तीव्र बमबारी' र 'ठूलो स्तरका आक्रमणहरू' रोक्न भने।



उनका अनुसार लेबनानी सरकारले इजरायलसँग प्रत्यक्ष वार्ता गर्ने इच्छा देखाएको छ। उनले भने, 'इजरायलले यो मौकाको फाइदा उठाउनुपर्छ, वार्ता सुरु गर्नुपर्छ र युद्धविराम कायम गर्नुपर्छ।'

लेबनानको सार्वभौमसत्ता जोगाउन र स्थायी समाधान खोज्नका लागि फ्रान्सले यो वार्तामा सहयोग गर्न र पेरिसमा यसको आयोजना गर्न तयार रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...