: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वाेच्च नेता जीवितै भएको कुरामा आंशका व्यक्त गरेका छन् ।
उनले शनिबार एनबिसी न्युजसँगको अन्तर्वार्तामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्थाका बारेमा प्रश्न उठाएका थिए। मोज्तबा खामेनी, मारिएका पूर्व नेता आयतोल्लाह अली खामेनीका छोरा हुन्।
ट्रम्पले भने, 'मलाई थाहा छैन उनी (मोज्तबा) जीवितै छन् कि छैनन्। अहिलेसम्म कसैले पनि उनलाई देखाउन सकेको छैन।' बिहीबार खामेनीले आफ्नो पहिलो आधिकारिक वक्तव्य क्यामेरा अगाडि बोलेर दिनुको सट्टा लिखित रूपमा जारी गरेको भन्दै उनले जीवितै रहेको कुरामा आंशका गरेका हुन् ।
ट्रम्पले भने 'मैले सुन्दैछु कि उनी जीवित छैनन्, र यदि जीवितै छन् भने उनले आफ्नो देशका लागि एउटा धेरै बुद्धिमानी काम गर्नुपर्छ, र त्यो हो आत्मसमर्पण।'
यद्यपि, उनले खामेनीको मृत्युको खबरलाई अहिलेका लागि एउटा 'हल्ला' मात्र भएको पनि बताएका छन् ।