: सामुदायिक वनमा हुने डढेलो नियन्त्रणका लागि रसुवामा विशेष अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको सहकार्यमा सचेतनामूलक र्याली र कोणसभा गरी डढेलो नियन्त्रणबारे जनचेतना अभिवृद्धि गराइएको हो।
र्यालीमा प्रहरी तथा सुरक्षाकर्मीहरू,नागरिक समाज,सञ्चारकर्मी,उपभोक्ताहरू सहभागी थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी, जिल्ल समन्वय समितिका उपप्रमुख विजय लामा,डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले सामुदायिक बनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने बताए ।
सरोकारवालाहरू सामुदायिक वनमा आगो लगाउने व्यक्ति पत्ता लगाएर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।