मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन
इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन

: इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै हेटौंडामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आइतबार विहान हेटौंडामा रहेको विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरुले प्रर्दशन गरेका हुन ।


nullप्रर्दशनका क्रममा हत्यारालाई कारवार्ही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर भन्दै नारा लगाइएको थियो । प्रदर्शनमा हेटौंडा क्याम्पसको नेतृत्व अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारीले बताए ।


nullयस्तै प्रदर्शनमा मकवानपुर बहुमुखी क्याम्पस, भुटनदेवि मा.वि, सिद्धार्थ ल क्याम्पसमा अध्ययनरत करिब ५ सय विद्याथीहरुको सहभागिता थियो । सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सरकारले राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि ओम प्रकाश अर्याललाई मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस
: प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि सहभागी थिए। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए।
: उदयपुरमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका-२ गिदेरीका १८ वर्षीय सोकिन्दर चन्द्रवंशी रहेका छन्। गिदेरी खोलास्थित सडकमा प्रदेश १-०४-००१ त १३३२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्धको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलले बहस गरेका छन् । महान्यायाधीवक्ता भण्डारी आफैं बहस गर्न आएकी थिइन् । तर, समय नपुगेपछि ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौं सांसदको नाम टुंगो लगाएको छ । आइतबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताको छलफलपछि नौं जनाको नाम टुङ्गो लगाइएको हो । प्रत्यक्षतर्फ आठठ सिट जितेको नेकपाले समानुपातिकमा नौं सांसद पाएको थियो । जस अनुसार नेकपाले सबै क्लष्टर मिलाएर सांसद छानेको हो । जसलाई आइतबार ...