मुख्य समाचार
बेपत्ता युवक एक सातापछि मृत भेटिए
बेपत्ता युवक एक सातापछि मृत भेटिए

— घरबाटै बेपत्ता भएका सल्यानको दार्मा गाउँपालिका–६ भुर्तिबाङ्गका २६ वर्षीय का बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेका छन् ।

घरबाट बेपत्ता भएका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा मृत अवस्थामा फेला परेका हुन्।

चन्दको शव सडेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए । मोबाइलबाट चन्दको शवको पहिचान खुलेको हो ।

प्रहरी निरीक्षक केसीका अनुसार चन्दको शव जिल्ला अस्पताल सल्यानमा ल्याएर राखिएको छ । घरबाट घुम्न निस्किएका चन्द फागुन २५ देखि बेपत्ता थिए । घटनाको अनुसन्धान भैरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि सहभागी थिए। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए। फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए।
: उदयपुरमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका-२ गिदेरीका १८ वर्षीय सोकिन्दर चन्द्रवंशी रहेका छन्। गिदेरी खोलास्थित सडकमा प्रदेश १-०४-००१ त १३३२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सबिता भण्डारीको निर्णयविरुद्धको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार पोखरेलको इजलासमा रिट निवेदक र सरकारी वकिलले बहस गरेका छन् । महान्यायाधीवक्ता भण्डारी आफैं बहस गर्न आएकी थिइन् । तर, समय नपुगेपछि ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौं सांसदको नाम टुंगो लगाएको छ । आइतबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताको छलफलपछि नौं जनाको नाम टुङ्गो लगाइएको हो । प्रत्यक्षतर्फ आठठ सिट जितेको नेकपाले समानुपातिकमा नौं सांसद पाएको थियो । जस अनुसार नेकपाले सबै क्लष्टर मिलाएर सांसद छानेको हो । जसलाई आइतबार ...
: स्रोत नखुलेको साढे १० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८ सय ४० रुपैयाँसहित दुवै जनालाई शनिबार राति प्रहरीले पक्राउ ...