मुख्य समाचार
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि
अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि

— अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि भएको छ । अहिले युरियाको मूल्य प्रतिटन ६ सय ५० र डीएपी ७ सय ७५ डलरसम्म पुगेको छ ।

अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्व र त्यसको कारण होर्मुज जलमार्ग प्रभावित भएपछि यसको असर इन्धनका अलावा कृषिजन्य रसायनिक मलमा पनि परेको छ ।

कृषि सामग्री कम्पनीका प्रबन्धक विष्णुप्रसाद पोखरेलले तीव्र रूपमा भइरहेको मूल्यवृद्धिको असर नेपालसम्मै पर्ने बताए । यही गतिमा मूल्य बढ्ने हो भने नेपालले वार्षिक ३ लाख टन पनि किन्न नसक्ने उनको भनाइ छ । 'नेपालमा वार्षिक ६ देखि ७ लाख टन मलको माग हुने गरेको छ,' उनले भने, 'कृषि सामग्री कम्पनी तथा साल्ट टेडिङ कर्पोरेसनसँग १ लाख ६० हजार टन डीएपी र युरिया मौज्दात रहेको छ ।'

हालसम्मको खरिदले असारसम्म धाने पनि अब साउनपछि हुने मलको माग कसरी सम्बोधन गर्ने भनेर छलफल भइरहेको अर्थ तथा कृषि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । चालु आर्थिक वर्षमा करिब २८ अर्बको मलका लागि बजेट छुट्याइएको छ, जसमध्ये अहिलेसम्म ३ लाख ९७ टन आइसकेको छ ।

नेपालका आपूर्तिकर्ताले पश्चिम एसियाका मुलुकबाट आपूर्ति गरेर ल्याउने गरेका छन् । युद्धका कारण इन्धनसँगै होर्मुज जलमार्ग भएर आउने रासायनिक मलको आयात पनि प्रभावित भएको छ । यो अवरोधले दक्षिण एसियाली मुलुकको हिउँदे तथा वर्षे बाली प्रभावित हुने जोखिम बढको छ । यसले कृषिमा आश्रित उद्योग र खाद्य सुरक्षामा समेत चुनौती थप्ने विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम