मुख्य समाचार
धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

: धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका अन्दाजी २८ वर्षीय इन्द्रदेव महतो रहेको प्रहरीले जनाएको छ ।


आइतबार बर्दिवास–सिन्धुली सडकखण्ड अन्तर्गत पर्ने धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा सिन्धुलीतर्फ जाँदै गरेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश–२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।


उनका अनुसार दुर्घटनामा गम्भीर घाइते महतोलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक केसीले बताए । दुर्घटनामा अर्का मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी ४० वर्षीय सन्तोष कार्की घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शनिबार बेलुकी गोरखामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका सातजना भारतीय भक्तजनको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। आइतबार साँझ पोस्टमार्टम गरिसकेर दूतावासका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरेपछि शव दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव ग्रहण गरेलगत्तै भारतीय ...
: सरकारले जेनजी आन्दोलन सम्बन्धमा कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए।
— उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ । पार्टी प्रवक्ता ...
: राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीविरुद्ध घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक अधिकारीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले कुटी रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं सेयरधनी देवेन्द्र केसी र बाँके नेपालगञ्जका रविन्द्र लामिछानेलाई प्रतिवादी बनाएको छ। आयोगले अधिकारीबाट ७० लाख,देवेन्द्र केसीबाट ...
सरकारले राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि ओम प्रकाश अर्याललाई मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस