: खाना पकाउने ग्यास (एलपी ग्यास)को अभाव हुँदा उपभोक्ताहरूमा मारमा परेका छन्। सर्वसाधारणहरू दिनहुँ ग्यासको खोजीमा डिलरहरू धाइरहेका छन्। काठमाडौंको बालाजुस्थित नेपाल ग्यास इन्डस्ट्रिज र टेकुस्थित नेपाल आयल निगम (एनओसी) परिसरमा ग्यास लिन आउनेहरूको लामो लाइन देखिएको छ। सर्वसाधारणले स्कुटर, मोटरसाइकल, साइकल तथा हातैले रोल गर्दै खाली ग्यास सिलिन्डर ल्याएर लाइनमा बसेका छन्।
मध्यपूर्व क्षेत्रमा बढ्दै गएको तनावका कारण ग्यास आपूर्तिमा असर पर्न सक्ने आशंकाले उपभोक्ताहरू ग्यास संकलन गर्न हतारिएका हुन्। नेपालमा प्रयोग हुने अधिकांश पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आयातमा निर्भर भएकाले अन्तर्राष्ट्रिय परिस्थितिको असर पर्ने सम्भावना रहेको छ।