मुख्य समाचार
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव

: प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ। अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की तथा ग्यास्ट्रिकसम्बन्धी औषधिलगायत आवश्यक औषधीहरू अभाव भएको जनाइएको छ।


प्यूठान जिल्ला अस्पतालका स्टोरकिपर नविन थापाका अनुसार धेरै खपत हुने औषधिहरू समयमै नआउँदा समस्या देखिएको हो। ‘सिटामोलको स्टक छैन, करिब ७–८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन,’ उनले भने, ‘धेरै प्रयोग हुने औषधिहरू छिट्टै सकिने हुँदा अभाव भएको हो।’ प्रदेश सरकारमार्फत आउने औषधी प्राप्त नभएकाले समस्या देखिएको उनले बताए।


प्रदेश अन्तर्गतका अस्पतालहरूमा प्रदेश सरकारले ९८ प्रकारका औषधि खरिद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि चालु आर्थिक वर्षमा ती औषधी प्राप्त नभएको अस्पतालले जनाएको छ। औषधि खरिद प्रक्रिया जारी रहेकाले उपलब्ध हुन केही समय लाग्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई उद्धृत गर्दै स्टोरकिपर थापाले जानकारी दिए।



संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने औषधिमा मात्र भर पर्नु नपर्ने भन्दै स्थानीय तहहरूले आवश्यक औषधि आफैं खरिद गरी स्वास्थ्य संस्थामार्फत वितरण गर्दै आएका छन्। निःशुल्क उपलब्ध गराइने औषधिको सूची स्पष्ट भए पनि समयमै आपूर्ति नहुनु पुरानै समस्या रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काका अनुसार औषधि अभाव हुन नदिन पालिकाहरूले आवश्यक औषधि खरिद गरी स्वास्थ्य संस्थामार्फत वितरणको व्यवस्था मिलाएका छन्।

मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने औषधिसँगै पालिकामार्फत थप औषधि खरिद गरी स्वास्थ्य संस्थामा अभाव हुन नदिएको बताए। उनका अनुसार निःशुल्क औषधीसँगै नसर्ने रोगसम्बन्धी औषधि पनि थप खरिद गरेर उपलब्ध गराइएको छ।

गत वर्षदेखि गर्भवती महिला र किशोरीहरूका लागि आइरन चक्कीसमेत पालिकामार्फत खरिद गरी वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए। प्यूठानका पालिकाहरूले किशोरीहरूलाई दुई चरणमा २६ हप्तासम्म आइरन चक्की वितरण गर्दै आएका छन्।

यस वर्ष जिल्लाका १३ हजार ५ सय २८ किशोरीलाई १३ हप्ताका लागि आइरन चक्की वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा भने २० हजार ६०३ किशोरीलाई २६ हप्तासम्म आइरन चक्की दिइएको थियो। गत आर्थिक वर्षमा ५ हजार ९३ जना गर्भवती महिलालाई पनि आइरन चक्की वितरण गरिएको थियो।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत माधव पोख्रेलका अनुसार संघीय सरकारमार्फत आउने केही औषधि प्राप्त नभएकाले समस्या देखिएको हो। उनका अनुसार प्रदेशमार्फत वितरण हुने औषधि खरिद प्रक्रियामा रहेकाले उपलब्ध हुन केही समय लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...
। कैलालीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर लागेर घरको छतमा जन्मदिन मनाइरहेका ७ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजेतिर घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भूमि सम्बन्धी समस्या समाधान गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अहिलेसम्म सरकारले ५,७३७ लालपुर्जा वितरण गरिसकेको उल्लेख गरेका छन्। विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। ‘यो सुरुवात हो। ...