मुख्य समाचार
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव

: प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट समयमै औषधि उपलब्ध नहुँदा प्यूठान अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ। अस्पतालमा सिटामोल, गर्भवती महिलाका लागि आइरन चक्की तथा ग्यास्ट्रिकसम्बन्धी औषधिलगायत आवश्यक औषधीहरू अभाव भएको जनाइएको छ।


प्यूठान जिल्ला अस्पतालका स्टोरकिपर नविन थापाका अनुसार धेरै खपत हुने औषधिहरू समयमै नआउँदा समस्या देखिएको हो। ‘सिटामोलको स्टक छैन, करिब ७–८ महिनादेखि गर्भवती महिलालाई आइरन चक्की दिन सकिएको छैन,’ उनले भने, ‘धेरै प्रयोग हुने औषधिहरू छिट्टै सकिने हुँदा अभाव भएको हो।’ प्रदेश सरकारमार्फत आउने औषधी प्राप्त नभएकाले समस्या देखिएको उनले बताए।


प्रदेश अन्तर्गतका अस्पतालहरूमा प्रदेश सरकारले ९८ प्रकारका औषधि खरिद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि चालु आर्थिक वर्षमा ती औषधी प्राप्त नभएको अस्पतालले जनाएको छ। औषधि खरिद प्रक्रिया जारी रहेकाले उपलब्ध हुन केही समय लाग्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई उद्धृत गर्दै स्टोरकिपर थापाले जानकारी दिए।



संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने औषधिमा मात्र भर पर्नु नपर्ने भन्दै स्थानीय तहहरूले आवश्यक औषधि आफैं खरिद गरी स्वास्थ्य संस्थामार्फत वितरण गर्दै आएका छन्। निःशुल्क उपलब्ध गराइने औषधिको सूची स्पष्ट भए पनि समयमै आपूर्ति नहुनु पुरानै समस्या रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काका अनुसार औषधि अभाव हुन नदिन पालिकाहरूले आवश्यक औषधि खरिद गरी स्वास्थ्य संस्थामार्फत वितरणको व्यवस्था मिलाएका छन्।

मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने औषधिसँगै पालिकामार्फत थप औषधि खरिद गरी स्वास्थ्य संस्थामा अभाव हुन नदिएको बताए। उनका अनुसार निःशुल्क औषधीसँगै नसर्ने रोगसम्बन्धी औषधि पनि थप खरिद गरेर उपलब्ध गराइएको छ।

गत वर्षदेखि गर्भवती महिला र किशोरीहरूका लागि आइरन चक्कीसमेत पालिकामार्फत खरिद गरी वितरण गर्ने व्यवस्था मिलाइएको उनले बताए। प्यूठानका पालिकाहरूले किशोरीहरूलाई दुई चरणमा २६ हप्तासम्म आइरन चक्की वितरण गर्दै आएका छन्।

यस वर्ष जिल्लाका १३ हजार ५ सय २८ किशोरीलाई १३ हप्ताका लागि आइरन चक्की वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा भने २० हजार ६०३ किशोरीलाई २६ हप्तासम्म आइरन चक्की दिइएको थियो। गत आर्थिक वर्षमा ५ हजार ९३ जना गर्भवती महिलालाई पनि आइरन चक्की वितरण गरिएको थियो।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका सूचना अधिकारी तथा वरिष्ठ शाखा अधिकृत माधव पोख्रेलका अनुसार संघीय सरकारमार्फत आउने केही औषधि प्राप्त नभएकाले समस्या देखिएको हो। उनका अनुसार प्रदेशमार्फत वितरण हुने औषधि खरिद प्रक्रियामा रहेकाले उपलब्ध हुन केही समय लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...