: नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सूची तयार पारेको छ। आइतबार बसेको कार्यसम्पादन बैठकले समानुपातिकतर्फ २० जना सांसदको सूची तयार पारेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार २० मध्ये १५ जना महिला र ५ जना पुरुषको नाम टुंगो लगाएको हो। उनले महिलातर्फ आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ र बाँकी अन्य कलस्टरबाट नाम टुंगो लगाएको बताए।
निर्वाचन आयोगको पत्राचारअनुसार नै नामावली टुंग्याएको उनको भनाइ छ। 'आयोगको निर्णयअनुसार नै बन्दसूची तयार पारेका छौं। सम्भवतः त्यसमा फेरबदल हुँदैन,' उनले भने। प्रवक्ता चालिसेले छिट्टै कांग्रेस बैठक बसेर निर्वाचनको समीक्षा गर्ने बताए।