: स्रोत नखुलेको साढे १० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्।
काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८ सय ४० रुपैयाँसहित दुवै जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बा.प्र ०२-०५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।