मुख्य समाचार
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौं सांसदको नाम टुंगो
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौं सांसदको नाम टुंगो

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फका नौं सांसदको नाम टुंगो लगाएको छ । आइतबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताको छलफलपछि नौं जनाको नाम टुङ्गो लगाइएको हो ।


प्रत्यक्षतर्फ आठठ सिट जितेको नेकपाले समानुपातिकमा नौं सांसद पाएको थियो । जस अनुसार नेकपाले सबै क्लष्टर मिलाएर सांसद छानेको हो । जसलाई आइतबार नै निर्वाचन आयोगमा बुझाइएको छ । नेकपाले टुङ्गो लगाएका समानुपातिक सांसदहरुमा खसआर्यबाट प्रमेश हमाल छन् ।


यस्तै, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा मगर छन् । अपांगताबाट प्रेम बयकको नाम छानिएको छ । जोगकुमार बर्बरिया यादवलाई मधेसी समूहबाट, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारु समूहबाट निराशा चौधरी डगौराको नाम टुङ्गो लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले युद्ध प्रभावित मुलुकमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीको उद्धारलाई प्रभावकारी बनाउने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो। यसका लागि नेपाली राजदूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, ...
: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै धनुषा क्षेत्र नं १ मा विजयी घोषित भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदावर मातृका प्रसाद यादवले मान्यता पाएका छन्। निर्वाचन आयोगले किशोरी साह ...
: शनिबार बेलुकी गोरखामा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका सातजना भारतीय भक्तजनको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। आइतबार साँझ पोस्टमार्टम गरिसकेर दूतावासका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरेपछि शव दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए। शव ग्रहण गरेलगत्तै भारतीय ...
: सरकारले जेनजी आन्दोलन सम्बन्धमा कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए।
— उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ । पार्टी प्रवक्ता ...