: उदयपुरमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलका नगरपालिका-२ गिदेरीका १८ वर्षीय सोकिन्दर चन्द्रवंशी रहेका छन्।
गिदेरी खोलास्थित सडकमा प्रदेश १-०४-००१ त १३३२ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।