मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार बिहान ड्रोन आक्रमण
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार बिहान ड्रोन आक्रमण

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार बिहान ड्रोन आक्रमण भएको छ। आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा आगलागी भएपछि सुरक्षा सतर्कता अपनाउँदै सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।


प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू रोक्ने निर्णय गरिएको जनाएको छ। दुबई मिडिया अफिसका अनुसार इन्धन ट्याङ्कीमा लागेको आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।


विमानस्थलमा यात्रुको बिचल्ली

आक्रमणको घटनापछि विमानस्थलका टर्मिनलहरू खाली गराइएको छ। प्रत्यक्षदर्शीका अनुसार सयौँ यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने उडानको पर्खाइमा रहेका करिब १,००० यात्रुहरूलाई एसेम्बली प्वाइन्टमा भेला गरिएको छ। केही उडानहरू धावनमार्गमै रोकिएका छन् भने कतिपयलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

विमान कम्पनीहरूको आग्रह

एमिरेट्स एयरलाइन्सले सामाजिक सञ्जालमार्फत यात्रुहरूलाई अहिले विमानस्थल नआउन आग्रह गरेको छ। 'हाम्रा यात्रु र चालक दलको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो,' एमिरेट्सले भनेको छ। यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न सल्लाह दिइएको छ। ड्रोनको 'इम्प्याक्ट' बाट हालसम्म कुनै मानवीय क्षति भएको रिपोर्ट प्राप्त भएको छैन। सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...