मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार बिहान ड्रोन आक्रमण
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार बिहान ड्रोन आक्रमण

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आइतबार बिहान ड्रोन आक्रमण भएको छ। आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा आगलागी भएपछि सुरक्षा सतर्कता अपनाउँदै सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको दुबई नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।


प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू रोक्ने निर्णय गरिएको जनाएको छ। दुबई मिडिया अफिसका अनुसार इन्धन ट्याङ्कीमा लागेको आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।


विमानस्थलमा यात्रुको बिचल्ली

आक्रमणको घटनापछि विमानस्थलका टर्मिनलहरू खाली गराइएको छ। प्रत्यक्षदर्शीका अनुसार सयौँ यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने उडानको पर्खाइमा रहेका करिब १,००० यात्रुहरूलाई एसेम्बली प्वाइन्टमा भेला गरिएको छ। केही उडानहरू धावनमार्गमै रोकिएका छन् भने कतिपयलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

विमान कम्पनीहरूको आग्रह

एमिरेट्स एयरलाइन्सले सामाजिक सञ्जालमार्फत यात्रुहरूलाई अहिले विमानस्थल नआउन आग्रह गरेको छ। 'हाम्रा यात्रु र चालक दलको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो,' एमिरेट्सले भनेको छ। यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न सल्लाह दिइएको छ। ड्रोनको 'इम्प्याक्ट' बाट हालसम्म कुनै मानवीय क्षति भएको रिपोर्ट प्राप्त भएको छैन। सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...