मुख्य समाचार
आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको तुलनामा निकै सुस्त
आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको तुलनामा निकै सुस्त

: आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको तुलनामा निकै सुस्त देखिएको छ। मन्त्रालयको विवरणअनुसार फागुनसम्म ९ खर्ब १० अर्ब रुपैयाँ संकलन गर्ने संशोधित लक्ष्य तोकिएको भए तापनि वास्तविक संकलन निकै कम रहेको छ।


फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा ७ खर्ब ५१ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो लक्ष्यको ८२.६० प्रतिशत हो। फागुनको मात्र लक्ष्य भने ९६ अर्ब ५७ करोड रहेकामा संकलन ८२ अर्ब ५३ करोड रहेको छ, जुन लक्ष्यको ८५.४६ प्रतिशत हो। चालु आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ।




फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ७ खर्ब ५१ अर्ब रुपैयाँ मात्र संकलन
फागुन महिनाको लक्ष्य ९६ अर्ब ५७ करोड रहेकोमा संकलन ८२ अर्ब ५३ करोड
क्षेत्रगत रूपमा हेर्दा भन्सार महसुलतर्फ वार्षिक लक्ष्यको ५१.०२ प्रतिशत र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ५७.१६ प्रतिशत प्रगति भएको छ।

अन्तःशुल्क संकलन लक्ष्यको ५६.४७ प्रतिशत रहँदा आयकरको अवस्था भने निकै कमजोर देखिएको छ, जहाँ वार्षिक लक्ष्यको ४१.९६ प्रतिशत मात्र संकलन हुन सकेको छ। विभागगत रूपमा भन्सार विभागले आफ्नो लक्ष्यको ५४.३९ प्रतिशत र आन्तरिक राजस्व विभागले ४८.३७ प्रतिशत राजस्व उठाएका छन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल राजस्वमा ३.०४ प्रतिशतको झिनो वृद्धि देखिए तापनि गैर–कर राजस्वमा भने १३.२१ प्रतिशतको गिरावट आएको छ। आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी हुँदा सरकारलाई राजस्व संकलनको चाप पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम