— सरकारले २३ र २४ भदौमा भएको घटना (जेन-जी विद्रोह) जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले उक्त प्रतिवेदन अध्ययन गर्ने गरी मन्त्रीपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
यसलाई सार्वजनिक गर्ने विषय पर्छ कि पर्दैन भनि सोधिएको प्रश्नको जवाफमा उनले यसभित्र सबै पर्ने बताए । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।