मुख्य समाचार
धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ
धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ

जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको व्यवस्थापनमा सञ्चालन हुने ब्लड बैंकका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरिएको हो।

आइतबार बसेको ब्लड बैंक खरिद इकाइ समितिको बैठकले ब्लड बैंक सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्ने निर्णय गरेको समितिका संयोजक ठगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ब्लड बैंक सञ्चालनका लागि १६ लाख ५० हजार रुपैयाँ बराबरका उपकरण खरिद गर्ने निर्णय गरिएको हो।

बैठकमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए। समितिले उपकरण खरिदका लागि सार्वजनिक सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको जनाएको छ।

जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएपछि धनकुटासहित आसपासका जिल्लाका बिरामीलाई रक्तसञ्चार सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ। आकस्मिक अवस्था तथा जटिल उपचारका क्रममा यसले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

ब्लड बैंक स्थापना गर्ने पहलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पहलमा १६ लाख ४५ हजार रुपैयाँ संकलन भइसकेको छ।

ब्लड बैंक स्थापनाका लागि आवश्यक सहयोग जुटाउने क्रम जारी रहेको ब्लड बैंक खरिद इकाइ समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...