मुख्य समाचार
नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि
नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि

: मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ।


निगमको सञ्चालक समितिको बैठकले भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालको मूल्य पनि समायोजन गरेको जनाएको छ। पेट्रोलियम पदार्थको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: १५औं विश्व उपभोक्ता अधिकार दिवस मनाउँदै गर्दा मुलुक महँगीको चपेटामा रहेको छ। अमेरिका–इरान युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आयात–निर्यातको शृंखला चक्रमा नै असर गर्दा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ। सरकारले उपभोक्ताको हितलाई भन्दा व्यापारीको स्वार्थलाई प्राथमिकता दिएको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले आक्रोश पोखेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण ...
: आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारको राजस्व संकलन लक्ष्यको तुलनामा निकै सुस्त देखिएको छ। मन्त्रालयको विवरणअनुसार फागुनसम्म ९ खर्ब १० अर्ब रुपैयाँ संकलन गर्ने संशोधित लक्ष्य तोकिएको भए तापनि वास्तविक संकलन निकै कम रहेको छ। फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा ७ खर्ब ५१ अर्ब रुपैयाँ मात्र संकलन ...
: चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा साढे ७ खर्बभन्दा बढी राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो। फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो। यो लक्ष्यको ८२.६० प्रतिशत हो। फागुन महिनामा भने ...
— अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि भएको छ । अहिले युरियाको मूल्य प्रतिटन ६ सय ५० र डीएपी ७ सय ७५ डलरसम्म पुगेको छ । अमेरिका-इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्व र त्यसको कारण होर्मुज जलमार्ग प्रभावित भएपछि यसको असर इन्धनका अलावा कृषिजन्य रसायनिक मलमा पनि परेको छ । कृषि ...
— रैनादेवी छहरा गाउँपालिका–२ सोमादी सर्देवाका बासिन्दाले उद्योगको प्रदुषणले गाउँमा बस्न असहज भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग गुहारेका छन् । सिजी सिमेन्ट उद्योगका कारण उत्पन्न वातावरणीय प्रदूषणले गाउँमा बस्न असहज भएको भन्दै उनीहरुले आयोगको लुम्बिनी प्रदेश कार्यालय बुटवलमार्फत् ध्यानाकर्षण गराएका हुन् । सिजी सिमेन्ट कम्पनीकै कारण धुलोधूँवाबाट पीडित बन्दै आएको उनीहरुको वर्षौदेखिको गुनासो छ ...