मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ

— राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगले रास्वपाले बुझाएका नामहरूमाथि छानबिन गरिरहेको छ । ती नामहरूमा निर्वाचन कानुनअनुसार सिफारिस भए-नभएको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको छ ।

रास्वपाको आइतबार बसेको सचिवालय बैठकले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने पार्टीका उम्मेदवारहरूको नाम पठाएको हो । रास्वपा सचिवालय बैठकपछि महामन्त्री कबिन्द्र बुर्लाकोटीले समानुपातिक प्रणालीबाट सांसद बन्नेहरूको नाम आयोगमा बुझाएका थिए ।

पार्टीमा समानुपातिक प्रणालीबाट सांसद क–कसलाई बनाउने भन्ने विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भएको थियो । निर्वाचन आयोगमा बुझाएको बन्दसूची मध्येबाट कानुनले तोकेको क्लस्टर र वर्णानुक्रमअनुसार समानुपातिक सूची छनोट गरिएको हो ।

रास्वपा प्रवक्ता मनिष झाले सचिवालयले जिम्मेवारी दिएर कर्मचारी र सचिवालय सदस्यहरूबाट आइतबार नै तोकिएको समयभित्र नाम निर्वाचन आयोगमा पठाइएको बताए । 'जब हामीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा हामीले नाम बुझाउँछौँ । उहाँहरूले रूजु गर्नुहुन्छ र प्रमाणीकरणको प्रक्रिया हुन्छ । त्यसपछि निर्वाचन आयोगले सो नामहरू सार्वजनिक गर्छ । राजनीतिक र कानुनी रूपमा आयोगले नामहरू प्रमाणित नगरेसम्म ती नाम हाम्रो तर्फबाट प्रस्तावित नाम मात्र हुनेछ,' प्रवक्ता झाले भने ।

निर्वाचन आयोगले आइतबारभित्र समानुपातिक प्रणालीबाट सांसद बन्नेहरूको नाम छनोट गरेर बुझाउन राजनीतिक दलहरूलाई पत्र लेखेको थियो । दलहरूले यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट क्लस्टर र वर्णानुक्रमअनुसार आफूलाई प्राप्त सिटअनुसार नाम सिफारिस गर्नुपर्ने आयोगको पत्रमा उल्लेख थियो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाका अनुसार समावेशीता अनुसार नाम नमिलेमा सम्बन्धित राजनीतिक दललाई सूची सच्चाउन थप समय दिइनेछ । ‘सोमबार राजनीतिक दलले पठाएका सूची समावेशी व्यवस्था अनुसार मिले/नमिलेको रुजु गर्छौं, नमिलेको भए मिलाएर ल्याउन सम्बन्धित दलहरूलाई फेरि पत्राचार गछौं,’ उनले भने, ‘त्यसपछि मात्रै निर्वाचित हुने सांसदहरूको अन्तिम सूची प्रकाशित हुन्छ ।’

समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको सूची प्रकाशित गरेपछि उनीहरूलाई प्रमाणपत्र वितरण गरिने तयारी आयोगले गरिरहेको छ । त्यसपछि निर्वाचनसम्बन्धी सम्पूर्ण विवरण समावेश गरेर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि मात्रै नयाँ जनादेश अनुसार रास्वपालाई सरकार बनाउने बाटो खुल्नेछ ।

रास्वपाले खसआर्य क्लस्टरमा १६ महिला र १ पुरुष गरी १७ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । थारु क्लस्टरमा २ महिला र २ पुरुष गरी ४ जनाको नाम सिफारिस गरिएको छ । मधेशीतर्फ ७ महिला र २ पुरुष ९ जनाको सिफारिस गरिएको छ । मुस्लिम महिला ३ जनाको नाम सिफारिस गरिएको छ । दलित क्लस्टरमा महिला ७ र पुरुष १ गरी ८ जनाको नाम सिफारिस भएको छ । आदिवासी जनजाति क्लस्टरमा महिला १३ र पुरुष ३ गरी १६ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ रास्वपालाई ५७ सिट प्राप्त भएकोमा ९ पुरुष र ४८ महिलाको नाम सिफारिस गरिएको हो ।

निर्वाचन आयोगले यी नामहरूमाथि छानबिन गरेर रुजु गरिसकेपछि मात्रै रास्वपाले नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । सचिवालय बैठकमा रास्वपा सभापति रवि लामिछानले नेताहरूलाई समानुपातिक सूचीको नाम सार्वजनिक नगर्न भनेका थिए । कान्तिपुरले निर्वाचन आयोगका अधिकारी र रास्वपा सचिवालयमा रहेका ४ जना नेताहरूसँग कुराकानी गरेर यो सूची तयार गरेको छ ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएका समानुपातिक प्रणालीबाट सांसद बन्नेहरूका नामः

खसआर्य महिला– १६

प्रतिभा रावल

रचना खतिवडा खत्री

लिमा अधिकारी आचार्य

विदुषी राणा

समीक्षा बाँस्कोटा

श्रद्धा कुँवर क्षेत्री

टीका संग्रौला (पिछडिएको क्षेत्र)

क्रान्तिशिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुषाल

प्रभा कार्की

शोभा खनाल

रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ७ जना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए। समितिले १४ जना भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना ...
: मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६:२० बजेतिर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको हो। प्रहरीका अनुसार बुधनगरबाट जहदातर्फ जाँदै गरेको बीआर ३८ के २८५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा मोटरसाइकल चालक भारत बिहारका ३५ ...
— नेपाल आयल निगमले अहिलेसम्म ग्यास आयातमा कुनै समस्या नभएको दाबी गरे तापनि देशका विभिन्न स्थानमा उपभोक्ताले ग्यास नपाएको बताएका छन् । सर्वसाधारण खाली सिलिन्डर लिएर लाइनमा बसेको छ्यापछ्याप्ती देखिन्छ । ग्यास अभावका कारण राजधानी काठमाडौंका साथै धेरै स्थानका नागरिक तथा साना व्यवसाय गरेर दैनिकी चलाउनेहरू मर्कामा परेका छन् । काठमाडौंको टोखा–२ घर भएकी सविना डंगोलले जति खोज्दा ...
: नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदहरू नामावली निर्वाचन आयोगमा पेश गरेको छ। आयोगका अनुसार कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो। सूची हेर्नुस्: खस आर्यबाट १.सुशीला ढकाल २.रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती, ४. सीता थपलिया ५. गंगा शाही ६. अर्जुननरसिंह केसी आदिवासी जनजातिबाट ७.गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. सुनिताकुमारी सुवेदी १२. भीष्मराज आङ्देम्बे मधेशीबाट १३. निनुकुमारी कर्ण १४. ...
: अर्घाखाँचीमा वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२ को औपचारिक शुभारम्भ गरिएको छ। वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए। सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति ...