मुख्य समाचार
उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ
उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ

— उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको सम्बन्ध भ्रष्टाचारमा मुछिएका नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग समेत भएको देखिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा भक्तपुरको नलिन्चोकमा हेलीप्याड निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा चलेका अधिकारीको सम्पर्क पाठकसँग रहेको देखिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले तेमाल गाउँपालिका–१, काभ्रे स्थायी घर भएका ३३ वर्षीय पाठकका सम्बन्धहरूबारे अनुसन्धान भइरहेको बताए । ‘अहिले संगठित अपराध, आपराधिक विश्वासघातलगायतका कसुरमा उनीविरूद्ध अनुसन्धान भइरहेको छ,’ थापाले भने, ‘पाठकका सबै पाटोहरू केलाउने काम गरिरहेका छौं ।’

अनुसन्धान अधिकृतहरूका अनुसार, पाठकले सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा क्यानका पूर्वमहानिर्देशक अधिकारीसँग चिनजान भएको स्वीकारेका छन् ।

अख्तियारले अनुसन्धानका क्रममा पाठकले प्रमुख आयुक्त प्रेमकुमार राईको ज्यान लिने भन्दै उग्रवादी संगठनका नाममा निकालेको विज्ञप्तिबारे समेत सोधेको थियो ।

‘त्यसक्रममा शंका लागेपछि भेरिफाइ गर्ने काम गरिरहेका छौं,’ अनुसन्धान अधिकृतले भने । स्रोतका अनुसार, अधिकारीलाई समेत बयानका लागि बेलाउने तयारी छ । अहिले अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन् ।

ads/6800x1100galaxy-s26-ultrapriva-0932026035119.jpg
‘कारागारलाई पत्र लेखेर बयानका लागि उपस्थित गराउन आग्रह गर्ने तयारी भएको छ,’ ती अधिकृतले थपे, ‘कतिपय प्रमाण संकलन अझै जारी छ ।’

अनुसन्धान अधिकृतहरूका अनुसार, अधिकारीले मुद्दाबाट जोगिन आयोगका पदाधिकारीलाई विभिन्न माध्यमबाट धम्क्याएको हुनसक्छ । ‘उहाँ स्वयंको कुरा सुन्न बाँकी नै छ, अहिलेलाई भेटिएका केही तथ्यहरूले गम्भीर संकेत दिएका छन्,’ एक अधिकृतले भने, ‘पक्राउ परेका पाठकले विद्यार्थी राजनीति गर्दादेखि नै अधिकारीसँग चिनजान भएको बताएका छन् ।’

२०८२ को मंसिर दोस्रो साता ‘एक्सट्रिमिस्ट ग्रुप अफ नेपाल (इजीएन)’ उल्लेख भएको समूहको नाममा अख्तियारमा इमेल पठाउँदै प्रमुख आयुक्त राईको हत्या गर्ने धम्की दिइएको थियो । त्यो विवरण सार्वजनिक भएपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर, काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको थियो ।

उपत्यका प्रहरी कार्यालयले राईसहित धम्की दिइएका १० उच्च पदस्थलाई सुरक्षा बढाउन भन्दै मातहतको युनिटमा पत्राचार गरेको थियो ।

धम्की दिइएकामध्ये अन्यमा अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वप्रमुख गोपाल खड्का, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, बचाउ महाअभियानका नाममा गतिविधि गरिरहेका दुर्गा प्रसाईं, पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका पूर्वआईजीपी ओमविक्रम राना, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी थिए ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाणकाे समेत नाम उल्लेख गरेर धम्की दिइएको थियो ।

त्यसरी धम्की दिनेमध्येका पाठकले पछि भिडियो सन्देश जारी गर्दै आफू समूहको अध्यक्ष भएको बताएका थिए । ‘मेरो सूची सार्वजनिक भएको केही घन्टामै प्रहरी प्रशासनको दुरूपयोग गरेर मेरा केटाहरूलई धरपकड गरिरहेको सुनेको छु, ५-७ जना पक्राउ गरेको सूचना मैले पाएको छु,’ उनले भनेका थिए, ‘यति छिटो अपराधीलई पक्राउ गर्ने हो भने नेपालमा कस्तो किसिमको सुशासन कायम हुन्थ्यो ?’

त्यही सन्देशमा उनले अख्तियारका प्रमुख प्रमुख आयुक्त राईको ‘आयु त्यति लामो छ जस्ताे लाग्दैन’ भन्दै राजीनामा नदिए १० दिनभित्र सक्काइदिने धम्की दिएका थिए ।

यो पत्र पुगेको केही दिनपछि १७ मंसिरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक अधिकारीलाई पक्राउ गरेको थियो ।

भक्तपुरको नलिन्चोकमा ‘हेलीपोर्ट’ निर्माण प्रकरणमा अनुसन्धान गर्न भन्दै आयोगको टोलीले अधिकारीसहित पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको थियो । पछि विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

पाठकबारे भने प्रहरीले छुट्टै अनुसन्धान गरिरहेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रहरीले २५ मंसिर २०८२ मा पाठकविरूद्ध जिल्ला अदालत काठमाडौंबाट अपराधिक विश्वासघातको कसुरमा अनुसन्धान गर्न पक्राउ अनुमति लिएको थियो । त्यसको विवरणका आधारमा अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा पाठकविरूद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको काम गरेको भन्दै ‘डिफ्यूजन नोटिस’ जारी भएको थियो ।

ads/1440x233px-dew-aston-0432026041034.png
प्रहरीले उनी फिलिपिन्समा रहेको पत्ता लगाएपछि त्यहाँको इन्टरपोलसँग समन्वय गरेको थियो । त्यसक्रममा गत पुस तेस्रो साता फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन (बीआई)ले मालोलोस शहरबाट पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गरेपछि बीआईले फोटोसहितको विवरण सार्वज्निक गर्दै ‘पाठकले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति’ दिएको भनेको थियो ।

फिलिपिन्सको अध्यागमन रेकर्डअनुसार उनी २ भदौ २०८२ मा त्यहाँ पुगेको देखिएको थियो । फिलिपिन्समा पक्राउ परेका पाठकलाई कानुनी प्रक्रिया पूरा गरेर प्रहरीले २८ माघ मा काठमाडौं ल्याएको थियो ।

त्यसक्रममा प्रहरीले उनीविरूद्ध त्यसअघिसमेत सार्वजनिक अपराध, ठगी, आपराधिक लाभ लिन नहुने र आपराधिक षडयन्त्र गर्न नहुनेलगायतका कसुरमा ६ वटा मुद्दा दर्ता भइसकेको खुलाएको थियो

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...