मुख्य समाचार
अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जितेको छ
अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जितेको छ

— अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जितेको छ । त्यस्तै 'सिनर्स'ले ४, 'फ्रान्केन्स्टाइन'ले २ र 'के-पप डिमन हन्टर्स'ले २ वटा अवार्ड हात पारेका छन् ।

उत्कृष्ट फिल्मको मनोनयनमा 'वान ब्याटल आफ्टर अनादर'सहित १० वटा फिल्म थिए । 'वान ब्याटल आफ्टर अनादर' ले 'बेस्ट फिल्म'सँगै 'बेस्ट कास्टिङ', 'बेस्ट एड्याप्टेड स्क्रिनप्ले', 'बेस्ट फिल्म इडिटिङ', 'बेस्ट डिरेक्टर' र 'बेस्ट सपोर्टिङ एक्टर'को अवार्ड जित्न सफल भएको हो । फिल्मका निर्देशक पल टमस एन्डरसनले उत्कृष्ट निर्देशकको अवार्ड जिते । फिल्ममा लियोनार्दो डी क्याप्रियो, सिन पेन, रेगिना हललगायतको अभिनय रहेको छ । यसै फिल्मबाट सिन पेनले बेस्ट सपोर्टिङ एक्टरको अवार्डसमेत जिते । यो फिल्म १३ विधामा मनोनयनमा परेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार यो फिल्म अमेरिकी उपन्यासकार टमस पिन्चोनको उपन्यास 'भाइनल्यान्ड' बाट प्रेरित छ । यसले आप्रवासन, जातीय सम्बन्धलगायतका विषयलाई आफ्नो विषयवस्तु बनाएको छ । अपहरणमा परेकी आफ्नी छोरीलाई बचाउन गरेको एक पूर्वक्रान्तिकारी व्यक्तिको संघर्ष फिल्मा देखाइएको छ । फिल्मको कथा त्यही क्रान्तिकारी व्यक्ति बब फर्गुसन(डी क्याप्रियो) को वरिपरि घुम्छ ।

ऊ पहिले राजनीतिक आन्दोलनमा सक्रिय थियो, तर अहिले शान्त जीवन बिताइरहेको हुन्छ । एक दिन उसको छोरी अचानक हराउँछे । त्यसपछि उसले आफ्ना पुराना साथीहरू र शत्रुहरू भएको संसारमा फेरि प्रवेश गर्नुपर्छ । छोरीलाई बचाउन खोज्दा उसले आफ्नो पुरानो राजनीतिक संघर्ष,सत्ता र पैसाको प्रभाव,समाजका अन्याय र भ्रष्ट प्रणाली जस्ता कुराहरूसँग फेरि सामना गर्छ । अन्ततः कथा बुबा र छोरीको सम्बन्ध, पुरानो संघर्षको परिणाम, र समाजमा भइरहेको शक्ति-संघर्ष वरिपरि केन्द्रित हुन्छ ।

अस्करमा कसले के जिते ?

बेस्ट सपोर्टिङ एक्ट्रेस

एमी माडिगन, विपन्स

बेस्ट एनिमेटेड फिचर फिल्म

के-पप डिमन हन्टर्स

बेस्ट एनिमेटेड सर्ट फिल्म

द गर्ल हु क्राइड पर्ल्स

बेस्ट कस्ट्युम डिजाइन

फ्रान्केन्स्टाइन(केट हले)

बेस्ट मेकअप एन्ड हेयरस्टाइल

फ्रान्केन्स्टाइन

बेस्ट कास्टिङ

वान ब्याटल आफ्टर अनादर(कासान्द्रा कुलुकुन्दिस)

बेस्ट लाइभ एक्सन सर्ट फिल्म

द सिंगर्स र टु पिपल एक्स्चेन्जिङ सालिभा(संयुक्त रूपमा)

बेस्ट सपोर्टिङ एक्टर

सिन पेन, वान ब्याटल आफ्टर अनादर

बेस्ट एड्याप्टेड स्क्रिनप्ले

वान ब्याटल आफ्टर अनादर(पल टमस एन्डर्सन)

बेस्ट ओरिजिनल स्क्रिनप्ले

सिनर्स(र्‍यान कुगलर)

बेस्ट प्रडक्सन डिजाइन

फ्रान्केन्स्टाइन

बेस्ट भिजुअल इफेक्ट्स

अवतार : फायर एन्ड एस

बेस्ट डक्युमेन्ट्री सर्ट फिल्म

अल द इम्प्टी रूम्स

बेस्ट ओरिजिनल स्कोर

सिनर्स(लड्विग गोरान्सन)

बेस्ट साउन्ड

एफ वान

बेस्ट फिल्म इडिटिङ

वान ब्याटल आफ्टर अनादर

बेस्ट सिनेमेटोग्राफी

सिनर्स

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम