मुख्य समाचार
गत २३-२४ को जेन–जी आन्दोलनमा घरसम्पत्तिमा क्षति पुगेका निजी क्षेत्रलाई पनि सरकारले विभिन्न १० प्रकारका सुविधा दिने
गत २३-२४ को जेन–जी आन्दोलनमा घरसम्पत्तिमा क्षति पुगेका निजी क्षेत्रलाई पनि सरकारले विभिन्न १० प्रकारका सुविधा दिने

— गत २३-२४ को जेन–जी आन्दोलनमा घरसम्पत्तिमा क्षति पुगेका निजी क्षेत्रलाई पनि सरकारले विभिन्न १० प्रकारका सुविधा दिने भएको छ ।

सरकारले आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण र भौतिक सम्पत्तिको पुनर्व्यवस्थापनसम्बन्धी कार्ययोजना २०८२ बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा एक समिति बनाएको थियो । समितिले कार्ययोजना सरकारलाई बुझाएको छ ।

जसमा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि लागत मूल्यांकन तथा नीतिगत व्यवस्था गरिएको छ । सोही क्रममा निजी प्रतिष्ठान र निजी घर सम्पत्तिको पुनर्निर्माण र पुनर्व्यवस्थापन सहयोगको लागि पनि कार्ययोजना विभिन्न सुविधा प्रस्ताव गरिएको छ । प्रस्तावित सुविधा कार्यान्वयनका लागि सरकारले सम्बन्धित निकाय (प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्र बैंकलगायत सरोकारवाला)लाई आग्रह गरिने सरकारको तयारी छ ।

निजी क्षेत्रका लागि प्रस्तावित १० बुँदे सुविधा

१. क्षति भएका निजी प्रतिष्ठान तथा निजी भौतिक संरचनाको पुनर्निर्माण गर्ने प्रयोजनका लागि नक्सा पास गर्नुपर्ने अवस्थामा नक्सापास बापतको रकम छुटका लागि स्थानीय तहलाई अनुरोध गर्ने ।

२. क्षति पुगेका निजी व्यावसायिक प्रतिष्ठानहरूलाई क्षतिको आधारमा तीन वर्षसम्म सम्पत्ति करमा छुट दिन स्थानीय तहलाई अनुरोध गर्ने ।

३. बिमा भएका भौतिक संरचनाहरूको बिमा रकम तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्ने । बिमा कम्पनीमा बिमा रकम उपलब्ध गराउन तरलता अभाव भएमा नेपाल राष्ट्र बैंक तथा कर्मचारी संचय कोष, नागरिक लगानी कोषबाट सहुलियत ब्याजदरमा अल्पकालीन सापटी लिन सक्ने व्यवस्था गर्ने ।

४. आन्दोलनका क्रममा पूर्ण क्षति भएका निजी सवारीसाधनको लगत कट्टा गर्दा लाग्ने सवारीसाधन कर मिनाहा दिन प्रदेश सरकारलाई अनुरोध गर्ने ।

५. चालु पुँजी कर्जा उपभोग गरीरहेका कम्पनी/फर्म/संस्थाको चालु सम्पत्ति पूर्ण क्षति भएको अवस्थामा ऋणीले चाहेमा उक्त कर्जालाई किस्ताबन्दी कर्जामा परिणत गर्न सकिने व्यवस्था गर्ने । यसप्रकार परिणत गरिएको कर्जालाई २०८२ असार मसान्तसरह नै वर्गीकरण गर्न सकिने व्यवस्था गर्ने ।

६. आन्दोलनबाट प्रभावित व्यवसायहरुलाई प्रवाहित कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना पौष मसान्तसम्म गर्न सकिने व्यवस्था गरिएकोमा उक्त समयावधिलाई २०८३ असार मसान्तसम्म थप गर्ने ।

७. व्यवसायलाई पुनः सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने समय सीमाका आधारमा ग्रेस अवधि तय गर्ने र यस प्रकार ग्रेस अवधि थप गरी पुनर्संरचना गरिएको कर्जालाई २०८२ असार मसान्तकै वर्गमा वर्गीकरण गर्ने ।

८. आन्दोलनका क्रममा क्षति हुन गएका व्यक्तिगत तथा व्यावसायिक भवन तथा भौतिक सम्पत्तिको पुनर्निर्माणका लागि ऋणीले निश्चित समयावधिका लागि परिवर्तन नहुने गरी स्थिर ब्याज दरमा कर्जा लिन चाहेमा हालको आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम थप गरी पााच वर्षसम्मको लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।

९. सरकारी कार्यालयबाट सेवा लिने क्रममा वा कर्तव्य पालनाको सिलसिलामा सार्वजनिक कार्यालयको परिसर भित्र क्षति भएको निजी सवारीसाधन, मोबाइल, ल्यापटप र लत्ताकपडाको राहत उपलब्ध गराउने ।

१०. यसरी राहत उपलब्ध गराउँदा २०८२ भदौ २३ र २४ गते भएको घटनापछिको प्रहरी मुचुल्काका आधारमा मात्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत कुल लागतको २५ प्रतिशत राहत उपलब्ध गराउने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...