मुख्य समाचार
डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन लमजुङमा सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन लमजुङमा सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण

— डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन लमजुङमा सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

डिभिजन वन कार्यालय लमजुङले डढेलो व्यवस्थापन सप्ताहको अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई डढेलो नियन्त्रणका सामग्री उपलब्ध गराएको हो ।

कार्यालयका अधिकृत सन्तोष खनालका अनुसार सुरक्षाकर्मीलाई एक सेट ब्याकप्याक फायर एक्स्टि‌ंगुइशर स्प्रेयर, चार थान स्वाटर, चार थान फलामे हृयाण्डल भएको रेक हो, चार जोडी कटन जम्पसुट, चार जोडी कालो लेदर बुट, चार थान साधारण क्याप मास्क, चार थान सेफ्टी हेल्मेट, चार जोडी पञ्जा र मोजा हस्तान्तरण गरिएको छ ।

डढेलो नियन्त्रणमा तीन तहका सरकार र समुदायको सहभागिता आवश्यक रहेको भन्दै कार्यालयले आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री प्रदान गरिएको डिभिजनल वन अधिकृत दिपकप्रसाद पण्डितले बताए ।

उनका अनुसार वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो । कार्यालयका अनुसार वन डढेलो व्यवस्थापन सप्ताह (चैत १ देखि चैत ७) को अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

यस्तै, वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन डिभिजन वन कार्यालय लमजुङले वन अधिकृत सन्तोष खनालको संयोजकत्वमा र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । टीममा जिल्ला प्रशासन कार्यालयका खरिदार हरिभक्त विक, चण्डीप्रसाद गण उदीपुर ब्यारेकका सहायक सेनानी केवल सिंह पुन, जिल्ला प्रहरी कार्यालयका असई हरिराम बोहरा, सशस्त्र प्रहरी आश्रित गुल्म लमजुङका असई नवराज मगर, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सूचक बाबुराम मग्राती सदस्य छन् ।

यस्तै, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लमजुङका अध्यक्ष शान्ता सापकोटा, खासुर सामुदायिक वन उपभोक्ता समूह बेंसीसहर नगरपालिका–१० का वन उपभोक्ता देवबहादुर गहतराज र भोटेचौर पालेको सामुदायिक वन उपभोक्ता समूह बेंसीसहर नगरपालिका–१० का पूर्ण रिमाल पनि सदस्य छन् ।

डिभिजन वन प्रमुख पण्डितले वन क्षेत्रमा हुने डढेलोको जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थामा छिटो उद्धार तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन टोली गठन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...