मुख्य समाचार
फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन
फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन

— मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ ।

चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

३५ वर्षमाथिका सबैलाई वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्र र खोप केन्द्रमार्फत धमाधम खोप लगाउने काम भइरहेको छ ।

जिल्लामा १ लाख ५० हजार जनालाई खोप लगाउने लक्ष्य रहेकोमा चैत १ सम्म २० हजार जनाले खोप पाएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

जापानिज इन्सेफलाइटिस इन्फ्लून्जा संक्रमण भएको हाँस, चराचुरुंगी, संगुरबुंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्ने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ । चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू ...
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...