मुख्य समाचार
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन गर्न थालेको छ
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन गर्न थालेको छ

— काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन गर्न थालेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापन सुरु गर्न थालेको हो ।

यसरी सुक्खा फोहर व्यवस्थापन सुरु भएसँगै उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर जान थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले जानकारी दिइन् ।

महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न महानगरलाई ७ क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताए ।

अहिले महानगरपालिका–७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापन सुरु गरिएको छ । हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत राखिएको छ ।

आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नम्बर १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८९१ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् ।

क्षेत्र नम्बर ४ मा मेची पोली इन्डष्ट्रीले एक करोड १५ लाख चार हजार ४०४ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाना पकाउने ग्यासको कृत्रिम अभाव हुन नदिन लमजुङमा एक परिवारलाई एकपटकमा एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराइने भएको छ । ग्यास डिलर, डिपो तथा विक्रेताले ग्राहकको नागरिकता नम्बर वा परिचय खुल्ने कागजातका आधारमा नाम, ठेगाना र फोन नम्बरको अभिलेख राखेर एक परिवारलाई एउटामात्र ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको हो । लमजुङमा आइतबारदेखि आधा भरिएको सिलिन्डरको ग्यास ...
— सुर्खेतमा दुई छोराछोरीसहित सम्पर्कविहीन रहेकी ३८ वर्षीया महिलाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका-१२ पिप्ले बस्ने माया कठायत ११ वर्षकी छोरी आशा र ५ वर्षको छोरा दिपकसहित सम्पर्कविहीन रहेकी थिइन् । प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार साँझ ५ बजेतिर हराएको स्थानदेखि ७ किलोमिटर ...
— निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई चैत ५ गते निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगले सोमबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ६ दलका ११० जनाको नाम सार्वजनिक गरेको छ । आयोगका सचिव कृष्णबहादुर राउतले चैत ५ गते बिहीबार समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरूलाई प्रमाणपात्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । 'निर्वाचित भएका ...
— सुर्खेतमा एक महिनाको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरूष र एक महिला छन् । ती दुर्घटनामा २७ जना गम्भीर घाइते र ५६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ७६ वटा सवारीसाधन संलग्न भएको दुर्घटना ट्राफिक नियम ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा १४.२ किलो भरिएका संख्या ६ हजार ३ सय ७७ थान ग्यास सिलिण्डर भेटिएको विभागले जनाएको छ । ग्यासको कृतिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको अवस्थामा विभागको निरीक्षण टोलीले उक्त उद्योगलाई जरिवाना गरेको हो ...