मुख्य समाचार
ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग
ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको तटमा रहेको विवादास्पद तेल पाइपलाइन पुनः सञ्चालन गर्न आफ्नो विशेष कार्यकारी अधिकार प्रयोग गरेका छन्। राज्य सरकारको कडा विरोधका बाबजुद क्यालिफोर्नियाका बन्द रहेका तेल खानीहरूलाई ब्युँताउने पाँच-वर्षीय योजनाअन्तर्गत यो कदम चालिएको हो।


शुक्रबार राष्ट्रपति ट्रम्पले 'डिफेन्स प्रोडक्सन एक्ट' (रक्षा उत्पादन ऐन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेलगत्तै ऊर्जा मन्त्री क्रिस राइटले टेक्सासस्थित 'सेबल अफशोर कर्पोरेशन' लाई सान्ता बार्बरा काउन्टी तटमा रहेको 'सान्ता यनेज युनिट' र यसको पाइपलाइन सञ्जाल तत्काल सुचारु गर्न निर्देशन दिएका छन्।


अमेरिकी ऊर्जा विभागका अनुसार, इरानसँगको बढ्दो तनाव र रणनीतिक रूपमा महत्त्वपूर्ण 'होर्मुज स्ट्रेट' बन्द प्रायः रहेकाले आपूर्तिमा आउन सक्ने जोखिम कम गर्न र विदेशी तेलमाथिको निर्भरता घटाउन यो निर्णय लिइएको हो।



क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले ट्रम्पको यो कदमलाई 'निराशाजनक, लापरवाह र अवैध' भन्दै कडा भर्त्सना गरेका छन्। उनले भने, 'यो ती पाइपलाइनहरू अवैध रूपमा सञ्चालन गर्ने प्रयास हो जसका सञ्चालकहरूले आपराधिक मुद्दा खेपिरहेका छन् र जसलाई अदालतले रोक लगाएको छ।' राज्यका महान्यायाधिवक्ता रोब बन्टाले यसलाई 'शक्तिको निर्लज्ज दुरुपयोग' को संज्ञा दिँदै संघीय सरकारको यो कदमविरुद्ध कानुनी लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सन् २०१५ मा भएको ठूलो तेल चुहावटपछि उक्त पाइपलाइन बन्द गरिएको थियो।

ऊर्जा विभागले यस केन्द्रबाट दैनिक करिब ५०,००० ब्यारेल तेल उत्पादन हुने अनुमान गरे पनि गभर्नर न्युजमले यसलाई 'समुद्रमा एक थोपा' को संज्ञा दिएका छन्। अमेरिकाको दैनिक माग करिब २ करोड ब्यारेल रहेको सन्दर्भमा यसले विश्वव्यापी मूल्य घटाउन कुनै ठोस भूमिका नखेल्ने दाबी गरिएको छ। यो राजनीतिक खिचातानीका बीच आइतबार साँझ अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य जुलाई २०२२ पछिको उच्चतम बिन्दुमा पुगेको छ। ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल $१०६.१२ र अमेरिकी तेलको मूल्य $१०१.५३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम