मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) पुन: खुला गरेको छ
संयुक्त अरब इमिरेट्स (यूएई) ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) पुन: खुला गरेको छ

। संयुक्त अरब इमिरेट्स (यूएई) ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) मंगलबार पुन: खुला गरेको छ । अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो ।

यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा बढी ब्यालिस्टिक मिसाइल र १ हजार ६ सयभन्दा बढी ड्रोन रोकेर नष्ट गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले सञ्चालन तथा सुरक्षा अवस्थाको व्यापक मूल्यांकनपछि सम्बन्धित निकायहरूसँग समन्वय गरेर एयरस्पेस पुन: खोल्ने निर्णय गरिएको जनाएको बीबीसीले जनाएको छ । साथै, उड्डयन सुरक्षाको उच्चतम स्तर कायम राख्न वास्तविक समयमै अवस्थाको निरन्तर निगरानी भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार करिब दुई घण्टा गरिएको पूर्ण बन्द ‘तीव्र रूपमा परिवर्तन भइरहेको क्षेत्रीय सुरक्षा अवस्थाबीच उडान, उडानकर्मी र यूएईको भूभागको सुरक्षा सुनिश्चित गर्न गरिएको असाधारण सावधानी’ थियो ।

यसअघि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि उडान सेवा प्रभावित भएको थियो। इन्धन भण्डारण केन्द्रमा लागेको आगलागीपछि सोमबारबाट सीमित उडान तालिका पुन: सञ्चालन गरिएको थियो । उक्त घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । यो विमानस्थलमा भएको चौथो ड्रोनसम्बन्धी घटना हो ।

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा तनावका कारण विभिन्न अन्तर्राष्ट्रिय उडानहरू रद्द वा मार्ग परिवर्तन भइरहेका छन् ।

यसैबीच, ब्रिटिश एयरवेजले सोमबार मध्यपूर्वका उडान तालिकामा अस्थायी कटौतीको अवधि थपिएको जनाएको छ । यसले अबु धाबी, ओमान, बहराइन, दोहा, दुबई र इजरायलको तेलअविवतर्फका उडानहरू प्रभावित भएका छन् ।

एयरलाइन्सले अवस्थाको निरन्तर समीक्षा गरिरहेको र प्रभावित यात्रुहरूसँग सम्पर्क गरेर वैकल्पिक यात्रा विकल्प उपलब्ध गराइरहेको जनाएको छ ।

ब्रिटिश एयरवेजका अनुसार यात्रुहरूलाई सहयोग गर्न ओमानको मस्कटबाट आठ वटा राहत उडान सञ्चालन गरिएको छ । साथै सिंगापुर र बैंककतर्फ उडान थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम