मुख्य समाचार
इजरायली वायुसेनाले आज बिहान दक्षिण लेबनानका विभिन्न शहरहरूमा हवाई आक्रमण
इजरायली वायुसेनाले आज बिहान दक्षिण लेबनानका विभिन्न शहरहरूमा हवाई आक्रमण

: इजरायली वायुसेनाले आज बिहान दक्षिण लेबनानका विभिन्न शहरहरूमा हवाई आक्रमण गरेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार तायबे शहरमा गरिएको आक्रमणसँगै तीव्र तोपखाना आक्रमण पनि भएको हो।


इजरायली विमानहरूले मजाडेल र जिब्किन शहरलाई लक्षित गरेर आक्रमण गरेका छन्। पछि याटर तथा काफ्रा क्षेत्रमा पनि आक्रमण विस्तार गरिएको बताइएको छ।


हालसम्म ती आक्रमणहरूबाट कुनै हताहतको प्रारम्भिक रिपोर्ट आएको छैन। तर, क्वाना शहरमा एउटा आवासीय घरलाई पनि लक्षित गरिएको रिपोर्टमा उल्लेख छ। निरन्तर आक्रमणका बाबजुद पनि इरानले द्वन्द्वमा आफ्नो प्रभाव रहेको देखाउन चाहन्छ।



यसैबीच, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै लेबनानमा इजरायली स्थल आक्रमणले विनाशकारी मानवीय परिणाम निम्त्याउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...