मुख्य समाचार
अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु

। अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ ।

अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण गरेको र अस्पतालको ठूलो भाग ध्वस्त भएको बताएका छन् । उनका अनुसार आक्रमणमा हालसम्म कम्तीमा ४ सय जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएका छन् । आगलागी नियन्त्रण गर्न र भग्नावशेषबाट शव निकाल्न उद्धार टोली खटिएको छ ।

यसैगरी अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अस्पताल तथा नागरिक संरचनालाई लक्षित गरी आक्रमण गरिएको भन्दै पाकिस्तानको कडा आलोचना गरेका छन् । उनले यस्तो कार्य मानवताविरुद्धको अपराध भएको बताएका छन् ।

पाकिस्तानको खण्डन

यद्यपि पाकिस्तानले भने अस्पतालमा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले काबुलमा कुनै अस्पताललाई लक्षित नगरिएको बताएका छन् । अलजजिराका अनुसार पाकिस्तानले अफगानिस्तानको आरोपलाई ‘गलत र जनमत भ्रमित पार्ने प्रयास’ भनेको छ ।

पाकिस्तानको सूचना मन्त्रालयले जारी गरेको वक्तव्यमा सोमबार अफगानिस्तानका काबुल र नंगरहार प्रान्तका विभिन्न स्थानमा गरिएको हवाई कारबाही सैन्य संरचना, प्राविधिक उपकरण भण्डारण स्थल तथा गोला–बारुद भण्डारणलाई लक्षित गरिएको उल्लेख छ । मन्त्रालयले आक्रमण अत्यन्त सावधानीपूर्वक गरिएको र नागरिक संरचनामा कुनै क्षति नपुग्ने गरी सञ्चालन गरिएको दाबी गरेको छ ।

सीएनएनका अनुसार स्थानीय टेलिभिजनहरूले सार्वजनिक गरेको भिडियोमा सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइते र मृतकलाई बाहिर निकालिरहेको तथा दमकलकर्मीहरूले भग्नावशेषबीच आगो निभाउने प्रयास गरिरहेको देखिन्छ ।

यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानका तालिबान शासकलाई आतंकवादविरुद्धको प्रयास तत्काल तीव्र पार्न आह्वान गरेको छ । परिषद्ले सर्वसम्मतिले पारित प्रस्तावमार्फत सबै प्रकारका आतंकवादी गतिविधिको कडा निन्दा गरेको छ ।

पाकिस्तानले अफगानिस्तानले पाकिस्तानी तालिबानलगायत विभिन्न उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने काबुलले यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।

दुवै देशबीचको तनाव फेब्रुअरी अन्त्यतिरबाट बढेको हो । अफगानिस्तानले पाकिस्तानले अफगान भूभागमा गरेको हवाई आक्रमणपछि सीमापार आक्रमण गरेको दाबी गरेको थियो । त्यसयता दुवै पक्षबीच लगातार झडप र हवाई आक्रमण भइरहेका छन् । पाकिस्तानले अफगानिस्तानसँग ‘खुला युद्ध’को अवस्था रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...