मुख्य समाचार
ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताए
ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताएका छन् ।

‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा उनले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुन सक्ने चेतावनी दिएका हुन् ।

एक दिनअघि मात्रै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र ब्रिटेनसँग होर्मुज स्ट्रेट खुलाउनका लागि भइरहेको संयुक्त प्रयासमा सहभागी हुन अपील गरेका थिए ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग बेइजिङमा हुने भनिएको आगामी बैठक अगाडि नै चीनले होर्मुज स्ट्रेट खोल्न सहयोग गर्ने पनि विश्वास व्यक्त गरे ।

‘चीनलाई ९० प्रतिशत तेल यही स्ट्रेटबाट उपलब्ध हुन्छ,’ उनले भने ।

ट्रम्प र सिबीच मार्च अन्तिमतिर बेइजिङमा बैठक तय भएको छ । तर, ट्रम्पले त्यसअघि नै चीनले होर्मुज स्ट्रेट खुलाउन कÞदम उठाउनु पर्ने उनको भनाइ थियो ।

ट्रम्पले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने पनि संकेत गरेका छन् । यद्यपि, उनले यसबारे स्पष्ट जानकारी नदिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...