मुख्य समाचार
दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप
दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप

। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् ।

फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गरिएकोमा सात जनामा दादुरा संक्रमण पुष्टि भएको हो । अन्य ३० जना अझै अस्पतालमा उपचाररत छन् ।

शंकास्पद ११३ जनामध्ये ७३ जना अस्पताल भर्ना भएका थिए । जसमध्ये जसमध्ये ४३ जना घर फर्किसकेको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणका लागि विभिन्न उपायसँगै खोपसमेत लगाइएको छ । नियन्त्रणका लागि सचेतना जगाउने, खोप लगाउने र विद्यालय बन्द गर्ने जस्ता कार्य भइरहेको छ । खोप लगाएको कम्तिमा पाँचदेखि सात दिनपछि दादुरा सर्नबाट घट्दै जाने शर्माले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार ५ हजार ७६७ जनालाई खोप समेत लगाइएको छ । दादुरा नियन्त्रणका लागि स्वास्थ्यकर्मीको समूह दिनरात खटिएको खत्रीको भनाइ छ । अझै खोप लगाउन छुटेकाको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले खोजी कार्य समेत गरिरहेको छ ।

बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप अभियान सम्पन्न गरेपनि छुटेकालाई अझै खोप लगाउन सकिनेछ । नगरका नौं वटै वडामा खोप अभियान सम्पन्न गरेपनि ढोरपाटनका तीन वटा वडामा दादुरा फैलिएको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा संक्रमण फैलिएको हो ।

ढोरपाटनको विकट गाउँमा महामारीको रुपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिका भरका ६ हजार ७६३ बालबालिका र किशोर किशोरीलाई खोप लगाउने लक्ष्य अनुसार ५ हजार ७६७ जनालाई खोप लगाइएको छ ।

दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसन तयार गरेर उपचार भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । शर्माका अनुसार अहिले बुर्तिबाङ अस्पतालमा २४ र बोबाङ स्वास्थ्यचौकीमा ६ जना दादुरा शंकास्पद बिरामीको उपचार भइरहेको छ । दादुरा संकास्पदमा ५७ पुरुष र ५६ महिला रहेका छन् । दादुराबाट छ महिनादेखि ४८ वर्ष उमेर समूह, गर्भवती र स्थानपान गराईरहेकी महिला प्रभावित भएका छन् ।

तत्काललाई दादुरा नियन्त्रणका लागि ढोरपाटन गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै नौ वटै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई दादुराको खोप प्रदान गरिएको हो । यस्तै उपचारमा सम्लग्न रहेका २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाइएको हो । फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । त्यस यता थप सात जनामा संक्रमण पुष्टि भएको र लक्षणका बिरामी पुन बढिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेवाग्राहीले सरकारी अस्पतालमा चिकित्सक नपाउने गुनासो बढिरहेका बेला सेती प्रादेशिक अस्पतालले कार्यालय समयमै निजी क्लिनिकमा सेवा दिने चिकित्सकविरुद्ध कडा कदम चालेको छ । अस्पतालले कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने चेतावनी दिएको हो । मंगलबार प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज ...
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...