मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सिफारिसको विषयमा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले असन्तुष्टि व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सिफारिसको विषयमा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले असन्तुष्टि व्यक्त

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सिफारिसको विषयमा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले असन्तुष्टि व्यक्त गरेका छन् । रास्वपाले आइतबार समानुपातिक तर्फ ५७ जनाको नाम सिफारिस गरेको थियो ।

समानुपातिक सांसदको छनोट गर्दा भूगोल र क्लस्टर नमिलाइएको भन्दै कार्यवाहक सभापति सरिनले सोमबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘मैले कोशीको हकमा पहाडी भूगोल समेट्नुपर्छ, छुट्नुहुन्न भनेको थिएँ, छनौटको समयमा,’ सरिनले लेखेका छन् । ‘जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम’ भन्दै उनले ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी स्थापित गायिका सत्यकला राई र ताप्लेजुङकी मिरा लाबुङजस्ता ‘योग्य’ उम्मेदवारलाई सूचीमा नसमेटिएको भन्दै उनले प्रश्न उठाएका छन् ।

‘कोशीको भौगोलिकता र जातीय क्लस्टरलाई समेट्न नसक्दा अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्न,’ सरिनले लेखेका छन्, ‘अर्को कुरा समुदायको व्यक्ति विशेषहरू केन्द्रीय नेताज्यूहरूको वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु विडम्बना दु:खद् छ ।’

कार्यवाहक सभापति सरिन आफै भने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार रहेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएका थिए ।

रास्वपाका तत्कालीन प्रदेश सभापति राजेश तिम्सिनामाथि अनुशासनको कारबाही भएपछि सरिनले नै रास्वपाको प्रदेश नेतृत्व सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। माउन्टेन लजेज अफ नेपाल–मनाङ टाइम म्यागेजिनको विश्वका उत्कृष्ट स्थान २०२६ मा सूचिकृत भएको छ । यो सूचीमा विश्वभरका भ्रमण गर्न र बस्नयोग्य १ सय उत्कृष्ट तथा असाधारण गन्तब्य समेट्ने गरिन्छ । शेर्पा हस्पिटालिटी ग्रुपद्वारा व्यवस्थापन गरिएको यो लजले उत्तरी अन्नपूर्ण क्षेत्रमा यात्रा गर्ने यात्रुलाई उत्कृष्ट सेवा दिँदै आएको छ । यहाँ पाहुनाले आराम, शैली र ...
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताएकी छन् । उपभोक्ता अदालत स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले बजार अनुगमन तथा कारबाहीका विषयमा स्थानीय तहलाई प्रशस्त अधिकार नदिइएको बताएकी हुन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट गर्दा कानुनी रूपमा स्पष्ट गर्नुपर्ने आवश्यक ...
। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको निर्वाचन आयोगले चुनावका मुखमा कांग्रेसभित्र झगडा लगाइदिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले कांग्रेस जित्छ भनेर आयोगले पार्टीभित्र झगडा लगाइदिएको आरोप लगाएका हुन् । ‘निर्वाचन आयोगले बद्नियतपूर्ण ढंगले कांग्रेस कतै जित्छ कि, कतै पहिलो पार्टी हुन्छ कि भनेर चुनावका मुखमा झगडा लगाइदियो,’ विश्वकर्माले भने, ...
। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन् । नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न ...
। पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग ...